छवि र शिल्पाले अब झगडा नगर्ने गरि सहमति पत्रमा हस्ताक्षर गरे

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

गत आईतबार अभिनेत्री  शिल्पा पोखरेलले घरेलु हिंसा भएको भन्दै श्रीमान् छविराज ओझाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा सुरक्षाको माग राख्दै उजुरी दिएकी थिइन्। बिहीबार प्रहरी परिसरले दुबैलाई बोलाएर अब झगडा नगर्ने गरि सहमति पत्रमा हस्ताक्षर गराएको छ। अन्तत निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच सहमति भएको छ ।

खासमा छानबिनकोलागि  प्रहरी परिसरले छवि र शिल्पालाई बुधबार बोलाएको थियो । छविको अनुपस्थितका कारण  बुधबार यसबारे छलफल हुन सकेन । महिनाअघि मात्रै बिवाहबारे स्वीकार गरेका छविको फेरी डिर्भोस हुने सम्भावना देखिएको थियो । यस खबरले सिनेवृत निकै तातेको थियो । शिल्पाले छविसँग डिर्भोसको माग गरेकी थिइन् । तर छविले भने डिर्भोस नदिने बताए। शिल्पा आफूलाई छविले हातपात गरेर कानको जालीसमेत फुटाइदिएको दाबी गरेकी थिइन् तर, यो कुरा छविले स्वीकार गरेका छैनन् ।

निर्माता छविराज ओझाले तीन बर्ष अघि अभिनेत्री पोखरेलसँग बिवाह गरेका थिए। तेस्रो श्रीमती अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चौथो श्रीमतीको रुपमा छविले शिल्पालाई बिवाह गरेका हुन्। पछिल्लो समय शिल्पाले छविको ब्यानरमा निर्माण भएको चलचित्र ‘मंगलम’ र ‘हबल्दार सुन्तली’मा अभिनय गरेकी थिइन। शिल्पा अहिले दाई पर्ने विकाश रौनियारको घरमा बस्दै आएकी छिन्। टेकुबाट निस्किएपछि शिल्पा फेरी दाइ रौनियारकै गाडीमा बसेर रौनियारकै घर गइन् ।