प्रिमियरमा ‘सानो मन’लाई राम्रो प्रतिक्रिया

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘सानो मन’को बिहीबार भव्य प्रिमियर गरियो । करिव पाँच सय जनाको उपस्थितीमा भएको प्रिमियरमा नेपाली चलचित्र तथा संगीत क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको उपस्थिती थियो ।

प्रिमियर पश्चात चलचित्रकर्मीहरु तथा अन्य दर्शकले दिएको प्रतिक्रियाबाट चलचित्र यूनिट उत्साहित थियो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्देशक सुयोग गुरुङ्गले निके राम्रो प्रतिक्रिया पाएको बताए । नायिका शिल्पा मास्केले नयाँ निर्देशकबाट यति धेरै अपेक्षा नगरेको भएता पनि प्रमाणित गरेको बताईन् । नायक आयुष्मान देशराज जोशीले निर्देशकको ुकन्फिडेन्सुले नै चलचित्र बनेको बताए ।

यो चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । यसै चलचित्रबाट निर्देशक गुरुङ्ग निर्देशनमा आएका हुन् । आलोक शुक्लाको डि।ओ।पि। रहेको चलचित्रलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो चलचित्र निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।