झरी प्रभावः भैरहवाबाट काठमाडौं आएको जहाज अवतरण गर्न नसक्दा फर्कियो, एअरपोर्टमै कलाकार

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

आज बिहानै देखी लगातार परेको बर्षाले बिमानस्थलमा उडान र अवतरणमा पनि असर पारेको छ । यतिखेर त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उडान तथा अवतरण ठप्प भएका छन् भने अवतरणका लागी त्रिभुवन बिमानस्थलमा आएका जहाजहरु कति आकाशमै घुमाइरहेका छन् भने आन्तिरक उडानका जहाज फर्किएका छन् ।

यती एयरलाइन्सको जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएर विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय विमान आकाशमै होल्ड हुन पुगेका हुन् । यस्तै भैरहवाबाट काठमाडौं आएको श्रीएअरलाइन्सको जहाज भैरहवामै फर्किएको छ । बिहान ८ः५५ को उडान समय अनुसार भैरहवाबाट उडेको जहाज काठमाडौंमा अवतरण गर्न नसक्दा पुनः भैरहवानै फर्किएको हो ।

यस्तै यतिखेर थुपै कलाकारहरु पनि झरीका कारण जहाज चल्न नसकेपछि बिभिन्न ठाउँमा अड्किएका छन् । लोकगायक प्रकाश सपूत आज बिहान भैरहवा उडानबाटै काठमाडौं अवतरण गरेका छन् । उनी भन्छन् आफू चढेको जहाज पछि अन्य कुनैपनि जहाजले अवतरण गर्न सकेका छैनन् । ‘म बिहान ९ः३० बजे नै भैरहवाबाट आएको हुँ । म चडेको जहाज अवतरण भएपछि अन्य जहाज अवतरण हुन नसकेको खबर पाएँ ।’ प्रकाशले आर्टिष्ट खबरलाई जानकारी दिए ।

यस्तै बेली डान्सर तथा मोडल बिनु शाक्य पनि अवतरण गर्न नसकेको श्री एअरलाइन्सको जहाजमै थिइन् । उनी भैरहवाबाटै ८ः५५ मा उडेकी थिइन् तर काठमाडौं अवतरण गर्न नसक्दा फर्किनु पर्यो । ‘१० बजे काठमाडौंमा अवतरण गर्ने समय थियो । तर जहाज पुनः भैरहवा नै फर्कियो । अहिले भैरहवा बिमानस्थलमै छु । यहाँ कुनैपनि जहाजको उडान र अवतरण भएको छैन ।’ बिनुले आर्टिष्ट खबरसँग टेलिफोनमा भनिन् । ‘भोली बर्दिबासको कार्यक्रमका लागी पुग्नु छ । हेरौं साँझसम्म यहाबाट उडान हुन्छ कि भन्ने आशा छ ।’