रमितको ‘राजा साहेब’मा सोनिका फाइनल

आर्टिष्ट खबर/ असार, काठमाडौं

निकै लामो समय सिनेवृतबाट गायब भएका अभिनेता रमित ढुंगाना व्यवसायिक चलचित्रमा अनुबन्धित हुदैँ फेरी चलचित्रमा प्रवेश गरेका छन् । उनी अहिले चलचित्र ‘राजा साहेब’मा अभिनय गर्ने तयारीमा छन्। उनी  निकै मंहगो पारिश्रमिक लिएर यस चलचित्रमा काम गर्न लागेको खबर यतिबेला सिनेवृतमा चर्चाको बिषय बनेको छ। केही समयदेखि यस चलचित्रका लागि नायिकाको खोजी भइरहेको थियो। चर्चित नायिका लगायत नयाँ युवतीहरुको अडिसन लिँदै चलचित्रले लामो समयदेखि नायिकाको खोजी गरिरहको थियो । हाल चलचित्रको नायिका फाइनल भएको जानकारी प्राप्त भएको छ। बिहीबार चलचित्रकालागि निर्माण टिमले सोनिका केसीलाई फाइनल गरेका हुन् । बिहीबार नै चलचित्र टिम र सोनिकाबीच लिखित सम्झौता भइसकेको छ । ‘राजा साहेब’मार्फत सोनिकाले चलचित्रमा डेब्यु गर्दैछिन्। बिभिन्न म्यूजिक भिडियो सँगै चलचित्रका आइटम गीतमा डान्स गर्दै आएकी मोडलिङ क्षेत्रकी चर्चित सोनिकाले पछिल्लो समय चलचित्र ‘चौका दाउ’मा समावेश एक आइटम गीतमा डान्स गरेकी थिइन् ।

चलचित्रकालागि सोनिका मात्र नभएर मुख्य भूमिकामा आइशा राईको पनि अभिनय रहने छ। रमित भने चलचित्रमा कुन नायिकासँग रोमान्स गर्दैछन भन्नेबारेमा हाल निर्माण टिम मौन रहेका छन्। आगमी साताबाट छायांकनमा निस्किने तयारीमा रहेको यस चलचित्र विचल किराती राईले निर्देशन गर्दैछन्। ‘किराती इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा विशाल पहाडी, प्रज्जवल गिरी, पुष्कार रेग्मी जयकिसन बस्नेत लगायतको पनि अभिनय रहने छ। चलचित्र निर्माताका रुपमा  ज्याक सुब्बा ,चन्द्र लामा र भीमसेन कार्की रहेका छन्।