कलाकारलाई तीजको चटारो

गोपिकृष्ण चापागाईं/ असार, काठमाडौं ।

यसबर्षको हरितालिका तीज पर्व आउन अझै ५१ दिन बाँकी छ । झण्डै दुईमहिनाको अन्तर भइरहँदा तीजपर्वसँग सम्बन्धित तीज सार्वजनिक भइरहेको पाइन्छ । दुईमहिना अघिदेखीनै तीज गीत सार्वजनिक भएका छन् भने कलाकारहरुलाई तीजको चटारो भने तीनमहिना अघिदेखीनै लाग्ने गर्छ । गएको बर्ष पनि तीनमहिना अघिदेखीनै तीजका गीत सार्वजनिक हुन थालेका थिए । तर यसबर्ष भने केहि ढिलो गरियो तर पनि दुईमहिना अघिनै सार्वजनिक भइरहेका छन् ।

पछिल्लो समय तीजबाट सिधै आम्दानी हुने बाटो हराएको छ । कुनैसमय गीतका सिटी, क्यासेट बिक्री गरेर लाखौं आम्दानी गर्न सकिन्थ्यो तर अहिले त्यो समय रहेन । तर पनि पहिला भन्दा बढी गीत अहिले बजारमा आउन थालेका छन् । खर्च पनि पहिलाभन्दा बढी नै हुनेगर्छ । कतिपय कलाकारहरु तीजगीत गाएकै कारण पनि बर्षभरी हिट हुन्छन् । तीज गीतबाटै कतिपय कलाकार चिनिन्छन् । दशक अघिसम्म तीज गीत गाउने गायक तथा गायिकाहरु अहिले हराएको पाइन्छ । उनीहरुले तीजका गीत गाउनै छाडिसकेका छन् । गायिका लक्ष्मी न्यौपाने, सिन्धु मल्ल लगायतका गायिकाहरुले अहिलेको समयमा गीत नै गाउन लगभग छाडिसकेका छन् । उनीहरुले बर्षमा एकदुई गीतमात्र आएको पाइन्छ ।

‘‘छाटो समयमै लोकप्रियता कमाउने अभिलासाले गीतको मर्म हराएको पाइन्छ । मौलिकता भन्दा अश्लिलता ज्यादा अहिलेको समयमा सार्वजनिक हुने तीज गीतमा पाउँछौं ।’’

पछिल्लो समय मौलिकता भन्दा युट्युवको भ्युज र चर्चालाई प्राथमिकतामा राखेर तीजका गीत बन्न थालेका छन् । छाटो समयमै लोकप्रियता कमाउने अभिलासाले गीतको मर्म हराएको पाइन्छ । मौलिकता भन्दा अश्लिलता ज्यादा अहिलेको समयमा सार्वजनिक हुने तीज गीतमा पाउँछौं । एक गीत गाएरै हिट हुन चाहाने अहिलेका कलाकारहरुले गर्दा पुराना कलाकारलाई समस्या पारेको देखिन्छ । एक गीत हिट भएपछि दोहोरिएर तीनै कलाकारलाई गीत गाउनका लागी अफर आउने गर्छ तर पुराना कलाकारलाई अहिलेको समयमा अफर नै कम आउन थालेको छ ।

तीज गीतमा महिलासँगै पुरुष कलाकारहरु पनि उत्तिकै ब्यस्त हुन्छन् । गीत रेकर्ड देखी स्टेज कार्यक्रमसम्म उनीहरुलाई भ्याईनभ्याई हुन्छ । बिशेषगरी पशुपति शर्मा र खुमन अधिकारी तीजपर्वमा अत्यधिक गीत गाउने पुरुष कलाकारमा पर्छन् । उनीहरुलाई तीजको समयमा देश भित्र र बाहिरका स्टेज कार्यक्रमहरुमा अत्यधिक निम्तो आउने गर्छ । यस्तै तीज गीतको भिडियो निर्देशनमा शंकर बिसी, प्रकाश भट्ट र शिव बिक अत्यधिक निर्देशन गर्नेमा पर्छन् । यी निर्देशकले बर्षमा ४० देखी ५० वटा तीज गीतको भिडियो निर्देशन गर्छन् । यस्तै तीजको भिडियोमा पछिल्लो समय अत्यधिक नृत्य गर्नेमा मोडलहरु शंकर बिसी, करिश्मा ढकाल, अन्जली अधिकारी, रिना थापा मगर पर्छन् । उनीहरुले कम्तीमा पनि एक भिडियोको २० हजार पारिश्रमिक लिएको पाइन्छ ।

यसैबिच पछिल्लो केहिदिन यता तीजमा ब्यस्त हुने कलाकारहरुको सामाजिक सञ्जाललाई नियाल्ने हो भने अत्यधिक तीजगीतको भिडियो सुटिङ भएको देखिन्छ । निर्देशक शंकर बिसीले दिनहुजसो अहिले तीजगीतको भिडियो सुटिङ गरेको तस्बिर फेसबुकमा पोष्ट गरिरहेका हुन्छन् । यस्तै गायिका पुर्णकला बिसी, श्रीदेवी कोइरालाले पनि करिब एकसाता अघि सुटिङ सम्पन्न भएको तस्बिर पोष्ट गरेका छन् । यस्तै केहिदिन अघिमात्रै राजु ढकाल, देबि घर्ति र पशुपति शर्माले संयुक्त तस्बिर पोष्ट गरेका छन् ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष समेत रहेका लोक गायक बद्री पंगेनीले पनि राजधानीको मालश्री स्टुडियोमा तीजगीत रेकर्ड गर्दै ६ जुलाईमा गायिका सिर्जु अधिकारीसँगको तस्बिर पोष्ट गरेका छन् । यसैगीतको सुटिङ बिहीबार सकिएको छ । जुन सिर्जुअधिकारीले आफ्नो फेसबुकमार्फत जानकारी दिएकी छिन् । गीतमा शंकर बिसी र मोडल अञ्जली अधिकारीले अभिनय गरेका छन् । यस्तै गायक खुमन अधिकारीले पनि शुक्रबारबाट तीजको गीत सेयर गर्न मन लाग्यो भन्दै स्टाटस सहित आफ्नो गीत सेयर गरेका छन् । उनले गाएका गीत पनि साता अघिदेखीनै सार्वजनिक हुन थालेका छन् । शुक्रबार उनले लेखेको स्टाटस यस्तो छ । ‘आजबाट तिज गित शेयर गर्न मन लाग्यो,  नदि है सलि सलि बगि आउनी गितको सफलता पछि मैंले र मालति खरेल बैनीले गएको तिज गीत पैसा मागमकी मालति बैनीको आफ्नै युटुब च्यानलबाट आएको छ ।’ यो गीतमा शंकर बिसी र रश्मी तामाङको अभिनय छ ।

गायक पशुपति शर्माले पनि बिहीबार यसबर्षको आफ्नो पहिलो तीजगीत भन्दै फेसबुकमा भिडियो सेयर गरेका छन् । जुनगीतमा पशुपतिसँगै राजु ढकाल, देवी घर्ति र सुस्मिता घर्तिको अभिनय छ । भिडियोमा देबि र पशुपतिले नै अभिनय गरेका छन् । यसबर्षको हरितालिका तीज भदौ १६ गते रहेको छ । बर्षेनी कम्तिीमा पनि हजार तीजगीत सार्वजनिक भएको पाइन्छ । त्यसमा करिब २५ प्रतिशत मात्र तीजको मौलिकता झल्किने तीज बनेको पाइन्छ ।

(समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ)