‘प्राना मुण्डी ब्याण्ड’ टिम टुरपछि नेपाल फिर्यो

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नेपाली बाजाहरुलाई देश बाहिर प्रमोशन गर्दै आएको 'प्राना मुण्डी ब्याण्ड'को टिम युरोप टुरपछि नेपाल फर्किएको छ । गएको जुन ६ मा युरोप गएको ब्याण्ड टिम युरोपका बिभिन्न देशहरुमा नेपाली बाजाहरुको प्रस्तुती दिएर तीनसाताको टुरपछि फर्किएको हो ।

ब्याण्डका प्रमुख प्रताप केसीका अनुसार जम्मा १२ ठाउँमा प्रस्तुती दिएका हुन् । बिशेषगरी बिदेशी दर्शकहरुलाई नै लक्षित गर्ने यो ब्याण्डले बाँसुरी, तबला र सितारका धुन बिभिन्न देशहरुमा आयोजीत कार्यक्रममा सुनाएको हो । बर्षमा करिब दुईपटक युरोपका बिभिन्न ठाउँमा पुग्ने यो ब्याण्डले अहिलेको टुरमा फ्रान्सका दुई ठाउँ, स्विजरल्याण्डका चार ठाउँ, जर्मनका चार ठाउँ र स्पेनका दुईठाउँमा कार्यक्रम गरि २८ जुनमा काठमाडौं फर्किएको थियो ।

‘हामी सहभागी हुने कार्यक्रममा ९० प्रतिशत बिदेशी नागरिक नै हुन्छन् । नेपाली बाजाहरुका धुन सुन्न भनेपछि निकै इच्छुक भएको पाउँछौं ।’ प्रतापले भने । ‘हाम्रो ब्याण्ड अरु जस्तो ठूला कन्सर्ट गर्ने ब्याण्ड होइन। साना कार्यक्रममा पुग्ने तर नेपाली बाजाहरुको प्रमोशन गर्ने हाम्रो उदेश्य हो।’ प्रतापले बिदेशी नागरिकले नेपाली धुन निकै मन पराउने बताए । प्रताप बाँसुरी बाधक हुन् । उनले बिगत तीनदशक देखी बाँसुरी बजाउँदै आएका छन् । यस्तै उनीसँगै अन्य तीनजना युरोप पुगेका थिए ।