अली निर्देशित नयाँ फिल्ममा इशान र अनन्याको जोडी

मुम्बई/(एजेन्सी)।

बलिउडका चर्चित निर्देशक अली अब्बास जफर निर्देशित नयाँ चलचित्र निर्माण हुने भएको छ। पछिल्लो समय उनको चलचित्र ‘भारत’ले आक्रमक ब्यापार गर्दै बक्सअपिसमा २ सय करोड भन्दा बढी कमाइ गर्न सफल भएको थियो। सुपरस्टार सलमान खान र अभिनेत्री कट्रिना कैफको मुख्य भूमिका रहेको चलचित्र ‘भारत’ले राम्रो ब्यापार गरेपछि उनी अब नयाँ चलचित्र निर्देशन गर्न कस्सिएका छन्।

चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’बाट बलिउमा डेब्यू गरेकी अभिनेत्री अनन्या पाण्डे र चलचित्र ‘धडक’ बाट डेब्यू गरेका अभिनेता इशान खट्टर जोडीको रुपमा चलचित्रका लागि फाइनल भएका छन्। भारतीय मिडियाले बताएअनुसार अली अब्बासले इशान र अनन्यासँग चलचित्रका लागि सम्झौता गरिसकेका छन्। अली अब्बास हाल स्क्रिप्टको काममा ब्यस्त छन्। उनकै ब्यानरमा निर्माण हुने यस चलचित्रका बारेमा खासै केही खुलाइएको छैन् ।