नयाँ चलचित्रमा भिलेन भुवन र हिरो अनमोलको टकराव !

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

करिब  ७ वर्षदेखि अभिनयबाट टाढा रहेका अभिनेता भुवन केसीले होम प्रोडक्सनको ब्यानरमा नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । उनी आफैंले निर्देशन गर्ने भनिएको यस चलचित्रमा उनले खलनायकको भूमिका निभाउने बताएका छन्। आइतबार काठमाडौंमा गरिएको इन्डक्ल्याप पार्टीमा उनी झरीझट्ट फुलेको दाह्री लिएर उपस्थित भएका थिए । यसको पछाडीको रहस्य उनले मिडिया सामु उक्त कार्यक्रममा बताएका छन्। कहिल्यै जुँगा दाह्री नपाल्ने भुवनले एकक्कासी जुँगा दाह्री नकाटी कार्यक्रममा आउँदा सबै उपस्थित व्यक्तिहरु चकित भएका थिए। अन्तत उनले सबैको खुल्दुली मेटाइदिएका छन् ।

यस्तैमा केही मिडियाले जुँगा दाह्री नकाट्नुका् रहस्यमा प्रश्न गरिरहँदा उनले यस चलचित्रको बारेमा केही जानकारी दिएका छन्। गत बर्षको फागुनमा चलचित्र 'क्याप्टेन' पछि अब उनी अर्को चलचित्र निर्माण गर्ने तम तयारीमा छन्। उनले जुँगा दाह्री नकाट्नुका् कारण पनि निर्माण हुने चलचित्रकालागि उनको दमदार भिलेन लुक्सकोलागि उनले बताएका छन् । चलचित्रमा उनको टोटली नेगेटिभ भूमिका रहनेछ । यस चलचित्रमा युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहने बताइएको छ। दर्शकले चलचित्रमा छोरा अनमोल र पिता भुवनको वार हेर्न पाउँने भएका छन् । केही समयदेखि स्क्रिप्टको काम भइरहेको यो चलचित्रको दशैंपछि छायांकन सुरु हुनेछ। नेगेटिभ रोलका लागि अझै दाह्री बढाउनु पर्ने बताउँदै भुवनले चलचित्रको बारे थप बताउन बन्द गरे।