मंसिर १६, काठमाडौं । सडक बालबालिकाको कथामा आधारीत फिल्म ‘चकलेट’को रिलिज मिति सार्न ‘कबड्डी कबड्डी’ टीमबाट दबाब आएको अभिनेत्री तथा निर्मात्री पुजना प्रधानले बताएकी छिन् । उनले ‘कबड्डी कबड्डी’ टीमबाट आफुलाई दबाब आएको भन्दै आफ्नो फेसबुक मार्फत आफ्नो फिल्मको रिलिज मिति नसार्ने चेतावनी दिएकी छिन् ।
‘कबड्डी कबड्डी’ फिल्म भएको र त्यसबिचमा आफ्नो चकलेट फिल्मपनि नराम्रो फिल्म नभएको भन्दै उनले रिलिज मिति नसार्ने बताएकी हुन् । उनले भनेकी छिन् तपाईहरु ठुला ठुला मान्छे मिलने फिल्म बनाउनु भएको र म केटी मान्छे भनेर दबाउन नखोज्नुस ।
पुजनाले लेखेको फेसबुक स्टाटस यस्तो छ ।
चकलेटको रिलिज डेट सार्न कबड्डी कबड्डी टीमबाट दबाब।।
थाहछ मलाई तपाईहरुको फिल्म धेरै राम्रोछ तर मैले पनि नराम्रो फिल्म बनाएकी छैन।। तपाईहरुको ठुलो व्यानर ठुला ठुला मान्छे मिलेर बनाउनु भएको धेरै पैसा कमाउन र अझै धेरै धनि हुन ।। म सानो मान्छे सानो योजनाको लागि फिल्म बनाए । ५० जना असाय बच्चाहरुको लागि बस्ने खाने र पढ्ने सुविधा भएको भवन निर्माण गर्न फिल्म बनाए ।तपाई हरुको दबाबले चकलेट फिल्मको प्रदर्शन मिति सर्दैन।।।। तपाईरु ठुलो ठुलो मान्छे हुनुहुन्छ मलाई केटीमान्छे एकलै छे भनेर दबाउन नखोज्नुस ।। मसंग मेरा सारा दर्शक हुनुहुन्छ मेरा सारा फ्यान मेरा सारा शुभचिन्तक हुनुहुन्छ ।