तुलसीप्रसाद भट्टराईको दुई कृति एकैपटक लोकार्पण

आर्टिष्ट खबर/साउन,काठमाडौं ।

साहित्यकार तुलसीप्रसाद भट्टराईद्धारा लिखित दुई वटा पुस्तक एकै साथ लोकार्पण भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी भट्टराईद्धारा गजल संग्रह मञ्जरी र समता नामक खण्डकाब्य लोकार्पण गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्री जितु गौतम, साहित्यकारहरु डम्बर पहाडी, तिलकप्रसाद उप्रेती, रमेश सुभेच्छुक, श्याम केसी, कल्पना काफ्लेलगायतले संयुक्त रुपमा लोकार्पण गरे । सो कृतिको लोकापर्ण कार्यक्रममा कुलपति उप्रेतीले बजारमा धेरै कृति आइरहने पनि ‘मञ्जरी’ र ‘समता’ नामक खण्डकाब्यले सिंगो समाजको प्रतिनिधित्व गर्ने बताए ।

उनले ‘समता’ नामक खण्डकाब्यले हिन्दु धर्मले कथित दलित जातीलाई होच्याइरहने परम्परा गलत भएको पुष्टि गर्ने बताए ।‘पुस्तक समाजको ऐना हो, यसले समाज जस्तो छ त्यस्तै बोल्नुपर्छ’ उनले भने, ‘हिन्दु धर्ममा दलितलाई हेला गरिएको उल्लेख गरिएको भए पनि धर्म गन्थहरुमा त्यस्तो लेखिएको छैन भन्ने प्रमाणित गरिदिएको छ।’कुलपति उप्रेतीले साहित्यकार भट्टराईद्धारा रचित दुवै पुस्तकले नेपाली साहित्यको क्षेत्रलाई थप उभाईमा पुर्याउने अपेक्षा पनि गरे।

साहित्य सुधा नेपालद्वारा आयोजित लोकापर्ण कार्यक्रममा सो पुस्तकको समालोचना गर्दै साहित्यकार तिलकप्रसाद उप्रेतीले पुस्तक पुस्तक मात्रै नभएर सारा नेपालीले पढ्नैपर्ने ज्ञानको भण्डार भएको बताए। समता खण्डकाव्यमा विभिन्न धार्मिकशास्त्र, समाजशास्त्र र प्रचलित कानूनका पुस्तकहरुको लामो स्वाध्ययनपछि साहित्यकार भट्टराईले छन्दबद्ध काव्यको रुपमा तयार गरेको यो दोस्रो कृति हो । पहिलो कृतिका रुपमा साहित्यकार भट्टराईले गजल संग्रह ‘मञ्जरी’लाई लिएका छन् । जसको मंगलबार नै लोकोर्पण गरिएको छ। ‘गजल मञ्जुरी’ मा सामाजिक कुसंस्कार र राजनीतिक विचलन लगायतका विषयका ५८ वटा गजल समावेश गरिएको छ । झापामा बसेर साहित्य सिर्जनामा तल्लिन भट्टराईले आफ्नो कृति ‘समता’ मा छुवाछूत मान्नुलाई अपराधको रुपमा उल्लेख गरेका छन्।