‘साधना म्यूजिक अवार्ड’ सम्पन्न हुने

आर्टिष्ट खबर/साउन,काठमाडौं ।

साधना म्यूजिक अवार्ड २०७६ सम्पन्न हुने भएको छ । आगामी साउन ६ गते सोमबारको दिन सामना म्यूजिक क्रियशनको आयोजनामा पहिलोपटक हुन गइरहेको साधना म्यूजिक अवार्ड २०७६ मा नेपाल सरकारका खानेपानी मन्त्री मा.विना मगरको प्रमुख आतिथ्यता रहने आयोजक संस्थाको अध्यक्ष सामना शाहले जनाएकी छन्। उक्त अवार्ड समारोहमा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । प्रतिष्ठित गायिका थापालाई नगद राशिसहित लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गर्न लागिएको अवार्डका सदस्य सचिव गोकर्ण लामिछानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत् जनाइएको छ । साथै अवार्डमा नेपाली गीतसंगीत क्षेत्रमा विशेष योगदान दिएका विशिष्ट कला साधकलाई ‘साधना विशेष सम्मान’ प्रदान गरिने भएको छ ।

त्यसैगरी गीतसंगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका म्यूजिक खबरका सम्पादक सविता पोखरेल, राष्ट्रखबरका पत्रकार राज लुइँटेल र रेडियो नेपालका संचारकर्मी क्षितिज समर्पणलाई ‘साधना संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ। कार्यक्रममा लोक, आधुनिक, राष्ट्रिय भाव, चलचित्र लगायतका नेपाली गीतसंगीतका विविध ३८ विधामा अवार्ड प्रदान गरिने भएको छ  । कार्यक्रम राष्ट्रिय सभागृह भृकुटीमण्डमा आगामी असार ६ गते सोमबार दिउँसो १ बजेबाट संचालन हुने सदस्य सचिव लामिछानेले जानकारी दिए ।