कालीमाथि फेरी संगित चारीको आरोप,आरोपीले प्रहरीमा उजुरी दिए

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

महिनाअघि संगीतकार तथा गीतकार शम्भु राईले प्रकाश सपुतलाई आफ्नो देउसी भैलो गीत ‘आउ नाचौं साथी हो’को लय चोरेर गलबन्दी गीतमा मिसाएको भन्दै आरोप लगाएका थिए। राईले यस सम्बन्धी प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिन समेत पुगेका थिए। तर बिवादमा परेको 'गलबन्दी' गायक प्रकाश सपुत र शम्भु राईबीच सहमती भइसकेको छ। यसैगरी अहिले गायक तथा संगीतकार कालीप्रसाद बास्कोटालाई पनि संगीत चोरीको आरोप लागेको छ। यो आरोप उनलाई पहिलो पटक लागेको होईन। उनलाई यसअघि ‘इन्स्टाको फोटो’मा पनि संगीत चोरी गरेको आरोप लागेको थियो। यो आरोप सेलाउन नपाउदै उनलाई अर्को चोरीको आरोप लागेका छ ।

कालीप्रसादले केही दिनअघि आफ्नो शब्द तथा संगीतमा ‘समाचार’ बोलको गीत सार्वजनिक गरेका थिए। गीतमा नेपाल आइडल सिजन २ का गोल्डेन माइक हात पारेका गायक सुमित पाठक र मोडल शिक्षा संगौलाको अभिनय रहेको छ । दर्शकले गीतसँगै सुमित र शिक्षाको अभिनय खुब मनपराएका छन्। कालीको शब्द संगीतमा तयार भएको यही गीतमा उनलाई संगीत चोरीको आरोप लागेको हो। करीब एक बर्ष अघि बिक्की महतको शब्द संगित रहेको ‘बुझाई देउ न’ बोलको गीत ‘समाचार’मा मिसाएको बिक्की महतले बताएका छन् । बिक्कीले आफ्नो ‘बुझाई देउ न’ बोलको गीतको संगीत कालीको ‘समाचार’ बोलको गीतको संगीत मिलेको बिक्की बताएका छन्। यस कुराको दाबी गर्दै उनले महानरीय प्रहरी परिसर, टेकुमा उजुरी समेत दिएका छन्। कालीप्रसाद बास्कोटाले भने यस गीतबारे अनबिज्ञ रहेको बताएका छन्। उनले आफूले गीत चोरेको भन्ने बिषयलाई ठाडै अस्वीकार गरेका छन् ।