‘एकलब्य’को दोश्रो गीत रिलिज

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यही १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’को दोश्रो गीत 'मलाई बनायौ किन'को भिडियो बिहिबार रिलिज गरिएको छ। अघिल्लो गीत ‘पूर्वै चल्नेया रेल’ लाई दर्शकले रुचाएपछि निर्माण पक्षले यो दोश्रो गीत रिलिज गरेको हो। प्रदर्शनी मिति नजिकिँदै गर्दा निर्माण पक्ष अहिले प्रचारमा जुटेको छ। एकलब्यको यो प्रेम भावको गीत मलाई बनायौ किनमा युवराज चौलागाई र मेलिना राईको स्वर रहेको छ। गीतको शब्द संगीत राजेन्द्र बजगाईको हो ।यो गीतमा अभिनेता सोनाम थापामगर र अभिनेत्री ओसन भट्टराईबीचको प्रेम सम्बन्ध देखाईएको छ। भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो।

गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। चलचित्र एकलब्यलाई अनमोल शर्मा निर्देशन गरेका हुन् । उनका अनुसार यो चलचित्र पारिवारिक प्रेम कथामा आधारित छ । जसमा समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ। सोनाम र ओसिन भट्टराईसँगै पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन्। यो चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ।

song: