मैले पनि थेगो संकलन गरेको हुँ, आरोप लगाउन मिल्दैनः पुस्कल शर्मा

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

लोक तथा दोहोरी गीत क्षेत्रका लोकप्रिय गायक पुस्कल शर्माले एकसाता अघि सार्वजनिक गरेको ‘नक्कले’बोलको तीज गीतको थेगो र लय चोरिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । एक बर्ष अघि सार्वजनिक भएको हरिमाया रायमाझि, बिण्णु ठहराई र बिशाल रायमाझीले संयुक्त निर्माण गरेको ‘चर्तिकला नक्कले’ बोलको तीजसँग पुस्कलको गीतको थेगो र लय मिल्यो भन्दै रायमाझि परिवारले असन्तुष्ट जनाएका छन् । यसैबिच गायक पुस्कलले आफ्नो धारणा राख्दै स्पष्टिकरण दिएका छन् ।

आजभन्दा २० औं बर्ष अघिदेखी गाउँघरमा गाइने गीतलाई आफूले लिएको पुस्कल बताउँछन् । ‘मैले रायमाझि परिवारको उक्त गीत सुनेको पनि थिइन । बषौं अघिदेखी गाउँघरमा गाइने गीत हो यो । त्यसैले त गीतमा मैले थेगो संकलन भनेर लेखेको छु ।’ पुस्कलले आर्टिस्ट खबरसँग कुरागर्दै भने । ‘यो थेगो मैले बनाएको हुँ भनेर मेरो गीतमा लेखेको छैन ।’

पुस्कलले रायमाझि परिवारले पनि उक्त थेगो र शब्द आफैले नरचेको बताउँछन् । उनी भन्छन् ‘उहाँहरुले पनि चर्तिकला नक्कली भन्ने थेगो र शब्द आफैले रच्नुभएको होइन । यस्ता कुरा गाउँसमाजमा सुनिने कुरा हुन् । त्यसैले संकलन भनेर लेख्न पाइन्छ ।’

गायक पुस्कल शर्मासँग यसै बिषयमा गरिएको भिडियो कुराकानी हेर्नसक्नुहुनेछ ।