‘कबिर सिंह’ यो बर्षको सर्वाधिक कमाउने फिल्म

मुम्बई,एजेन्सी ।

बलिउड चलचित्र ‘कबिर सिंह’ यसबर्ष (सन् २०१९) कै सर्वाधिक कमाउने फिल्मको लिस्टमा परेको छ । शाहिद कपुर स्टारर हिन्दी फिल्म ‘कबिर सिंह’ले महिलाप्रतिको पूर्वाग्रहको विषयलाई उठाएको भन्दै रिलिजको शुरुमा धेरै विवाद खेपेको थियो तर विवादका वावजुद पनि चलचित्र हेर्ने दर्शकको संख्या बढिरहेको छ । गएको २१ जुनबाट प्रदर्शनमा आएको यो चलचित्रले एक महिनामा भारतमा मात्रै २६६.६२ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन यो वर्ष रिलिज भएका चलचित्र मध्ये ‘कबिर सिंह’ सर्वाधिक कमाई गरेको  सलमान खानको ‘भारत’ विकी कौशलको ‘उरीः द सर्जिकल स्ट्राइक’ लाई पछि पनि पछि पारेको हो ।

ट्रेड एनालासिस्ट तरण आर्दशले चलचित्रले एक महिनाको कलेक्सनसँगै हरेक हप्ताको कमाईको जानकारी दिंदै ट्विट गरेका छन् । उनले बल्कबस्टर फिल्म भनेर पनि लेखेका छन् । भारतको बक्स अफिस रिर्पोट अनुसार फिल्म उरी ः द सर्जिकल स्ट्राइकको एक महिनाको कमाई २४५ करोड थियो । सलमानको ‘भारत’ले २१० करोड कमाउन सफल बनेको थियो । सन्दिप भाङ्गा रेड्डीले निर्देशन गरेको ‘कबिर सिंह’, उनकै निर्देशनमा २०१७ मा बनेको टेलगु फिल्म अर्जुन रेड्डीको हिन्दी रिमेक हो ।