सुन्न र बोल्न नसक्ने सुजलको म्युजिक भिडियो ‘झिमझिम परेली’ सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

दुवै कान नसुन्ने र बोल्न नसकन्ने बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । राजधानीमा मिलापको आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक भएको हो। सङ्गीत नाट्य तथा कला प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ ‘रायन’को प्रमुख आतिथ्यतामा पहिलो संविधानसभा सदस्य साथै नेपालका पहिलो बहिरा सभासद राधवीर जोशी, केन्द्रिय बहिरा महासंघ नेपाल उपाध्यक्ष सत्यदेवी वाग्ले, महासचिव सुर्यबहादुर बुढाथोकी, केन्द्रिय बहिरा माध्यमिक विद्यालयका प्राचार्य उपेन्द्र पराजुलीलगायतको आतिथ्यतामा गीतिको भिडियो सार्वजनिक गरिएको हो । गीत सार्वजनिक समारोहमा बहिरा कलाकारले व्यवसायिक रुपमा अभिनय गरेको गीतको भिडियो विश्वमा नै पहिलो भएको भन्दै एभरेष्ट वल्र्ड रेकर्ड कलाकार सुजल बमलाई प्रदान गरिएको थियो । उनलाई एभरेष्ट वल्र्ड रेकर्डका मथुरा श्रेष्ठले रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

डा.डीआर उपाध्यायले लेखेको गीतमा सन्तोष श्रेष्ठको सङ्गीत, कविता सिवाकोटीको स्वर रहेको छ। वसन्त सापकोटाको निर्देशन रहेको गीतको भिडियोमा माइकल चन्दको नृत्य निर्देशन, अर्जुन सापकोटाको छायाँकन, सिलोन लम्सालको सम्पादन रहेको छ भने नारायण आचार्य ‘ह्याप्पी’को पनि अभिनय रहेको छ । सो कार्यक्रममा दुवै कान नसुन्ने नबोल्ने भएर पनि सुजल बमले अभियन गरेको गीतको भिडियो उत्कृष्ट रहेको अतिथिहरुले बताएका थिए । सो अवसरमा गीतको भिडियोसँग सम्बन्धित सबैलाई मायाको चिनो प्रदान गरिएको थियो भने गीतकार डा. डीआर उपाध्यायलाई मिलाप सम्मान प्रदान गरिएको थियो ।

song: