विप्लव समूहका उपत्यका इञ्चार्ज गायक माइला लामा पक्राउ

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गायक, संगीतकार तथा गीतकार माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज रहेको माइलालाई गएराती प्रहरीले पक्राउ गरी महानगरिय प्रहरी परिसर टेकुमा राखिएको छ । काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति लामालाई प्रहरीले पक्राउ गरेको हो ।  लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए । उनी काठमाडौं क्षेत्र नम्बर ९ बाट कांग्रेस नेता ध्यानगोविन्द रञ्जितसँग २ सय ९ मत अन्तरले पराजित भएका थिए ।

उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् । उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द (विप्लव)को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ ।

Songs of Lama: