युट्युव ट्रेन्डिङको शीर्षस्थानमा ‘भैरे’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘भैरे’ इन्टरनेट रिलिज गरिएको छ । चलचित्र भिडियो सेयरिङ साइट युट्युवमा अपलोड गरिएको छ । नेपालमा रिलिज भएसँगै औषत आम्दानी गरेको ‘भैरे’ इन्टरनेटमा रिलिज भएसँगै दर्शकको सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । युट्युवमा एकदिनमै १० लाख भन्दा बढी पटक हेरिएको छ । साथै २४ हजार लाइक र २४ सय बढी प्रतिक्रिया आएका छन् । अधिकांश दर्शकले नेपालको मुस्ताङ पर्यटकिय ठाउँलाई चलचित्रमा निकै राम्रोसँग देख्न पाएको भन्दै तारिफ गरेका छन् । यस समाचार तयार पार्दासम्म यो चलचित्रले नेपालको युट्युव ट्रेन्डिङको पहिलो स्थान ओगट्न सफल भएको छ । केहिदिन यता लगातार भारतीय चलचित्रले युट्युव ट्रेन्डिङको कब्जा गरिरहेको बेला ‘भैरे’ युट्युव रिलिजसँगै भारतीय चलचित्र पछि परेका छन् ।

एभरेष्ट सुर्य बोहराले निर्देशन गरेको यो चलचित्रको सिक्वेल निर्माणको पनि घोषणा भइसकेको छ । तर सिक्वेल घोषणा भएको लामो समय भइसक्दा पनि निर्माण भने हुन सकेको छैन । निर्देशक एभरेष्ट सुर्य बोहरा अर्को चलचित्रको काममा जुटेका छन् । ‘भैरे’मा दयाहाङ राई, बिक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुरक्षा पन्त, जयानन्द लामा, अनुभव रेग्मी लगायतको मुख्य भूमिका रहेको छ ।

Full Movie: