‘स्टार ईन्टरनेशनल अवार्ड’को उत्कृष्ट ३ मनोनयनलाई प्रमाण पत्र

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आगामी अगष्ट १२ का दिन ईदका अवसर पारेर कतारको दोहा स्थित रिजेन्सी हलमा आयोजना हुन गइरहेको ‘स्टार ईन्टरनेशनल अवार्ड २०१९’ को उत्कृष्ट ३ मनोनयनलाई प्रमाण पत्र वितरण गरिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा असार ३१ गते सम्म आवेदन दिने स्रष्टाहरु मध्येबाट ६७ विधामा उत्कृष्ट टप ३ को मनोनयन पत्र एवं सम्मान प्रदान गरिएको थियो । अतिथीहरु चलचित्र बिकास वोर्डका अध्यक्ष केशव भट्टराई, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बरिष्ठ अभिनेत्री बसुन्धारा भुषाल, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल, अभिनेता सरोज खनाल, गायक आनन्द कार्की, कलाकार किरण केसी, गायिका ज्ञानु राणा, गीतकार डा.कृष्ण हरि बराल,  गायक सिताराम पोख्रेल, सर्लाही जिल्ला नेकपा अध्यक्ष रेवती पन्त लगायतको हातबाट उक्त मनोनयन पत्र तथा मेडल प्रदान गरिएको थियो। लाजिम्पाट स्थित होटल लि हिमालयमा आयोजित उक्त कार्यक्रममा विदेशमा रहेर पनि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत अन्तर्राष्ट्रिय कलाकार मन्चका केन्द्रिय अध्यक्ष तथा वरिष्ठ लोक गायक एवं संचारकर्मी राम प्रसाद खनाललाई स्टार अफ किङ्ग कतारले स्टार अफ दि यिएर को अवार्ड प्रदान गरेको थियो ।

सोही कार्यक्रममा स्टार ईन्टरनेशनल अवार्ड आयोजनाका लागी उल्लेख्य भूमिका खेल्ने व्यबसायी अच्यूत सुवेदी, अमेरिकामा रहेर कला क्षेत्रमा सक्रिय नायक एवं मोडल रिसब पोखरेल आयोजक स्टार अफ किङ्गका प्रमुख मुनीर अव्दुल रहमान कान्डोथ तथा वरिष्ठ कानूनी सल्लाहाकार एवं ‘स्टार ईन्टरनेशनल अवार्ड’ का संयोजक नासिर अव्दुल रहमान लाई अवार्डका नेपाल संयोजक पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टबाट सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी झलनाथ खनालले यसरी विदेशी आयोजकले नेपाली कलाकारहरु प्रति देखाएको यस किसिमको अन्तर्राष्ट्रिय सम्मान प्रति आयोजक एवं कार्यक्रम संयोजन गर्ने आयोजक टिम प्रति धन्यवाद दिए ।