गायक स्वं:अरुण थापाको स्मृति कार्यक्रम सम्पन्न

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गायक स्व.अरुण थापा मगरको सम्झनामा एक कार्यक्रम सम्पन्न भएको छ। आइतबार राजधानीको प्रज्ञा भवनमा नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिले स्व. थापाको २० औं स्मृति सभा तथा सङ्गीत पुरस्कार वितरण समारोह आयोजना गरी गायक स्व. थापाको स्मृति कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री बिना मगरले वरिष्ठ गायिका पवित्रा घर्तीमगरलाई पुरस्कार सहित सम्मान गरिन्। गायिका घर्ती मगरले करिब ५ सयजति लोक तथा आधुनिक गीतहरु गाएको जानकारी गराइएको थियो। गायक स्व. अरुण थापाको सम्झना गर्दै कार्यक्रममा उनले गाएका गीतहरु कार्यक्रममा सहभागी अन्य गायकहरुले गाएका थिए । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’,‘जति माया गरे पनि जति कसम खाए पनि’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’, र ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई नसोध’ लगायत स्व. थापाका थुप्रै गीतहरु अझैपनि उत्तिकै चर्चित छन्। वि.सं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरबाट गायक थापाको असामयिक निधन भएको थियो।