पोस्टरमा ‘न यता न उता’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यही साउन १७ गतेदेखि प्रर्दशनको तयारमा रहेको चलचित्र 'न यता न उता’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका लगभग सबै कलाकार अटाएका छन्। मिराज रोश र बिशारद बस्नेत निर्देशित चलचित्र कमेडी जनरामा निर्माण भएको छ। त्रन्त्रालय फिल्म्स र हाइलाइट नेपालको ब्यानरमा बनेको चलचित्रमा छुल्ठिम गुरुङ, ऋचा शर्मा, बुद्धि तामाङ, मिराज रोश, समिर दीक्षित, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल,लुभिना तुलाधर, जयनन्द लामा, राजन खतिवडालगायतको मुख्य भुमिका रहेको छ।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा डाक्टर निराजन शर्मा, अमित अर्याल, बिनिता अधिकारी, बिजय अवाले, डाक्टर लगायतको संयुक्त लगानी रहेको छ। मिराज रोषको कथा र पटकथा रहेको चलचित्रमा अभिमन्यु निरबीको संवाद रहेको छ। मिलन जलान र राजन इशानको संगीत रहेको चलचित्रमा विक्रम स्वारको कोरियोग्राफी छ भने अरोन अशोक कुमारको छायांकन रहेको छ। दुई अर्धबैशे पुरुषको जीवनमा घटेका घटनालाई कमेडी शैलीमा प्रस्तुत गरिएको चलचित्र सम्पादनमा विपिन मल्लको हात रहेको छ।