१२ वर्षपछि ठूलोपर्दामा फर्किन् शिल्पा

मुम्बई/(एजेन्सी)।

बलिउड अभिनेत्री शिल्पा शेट्टी हाल एकमहिनाको छुट्टी लिएर लन्डन र ग्रिसमा रमाइरहेकी छिन्। उनी अहिले टेलिभिजनका रियालिटी शोजको निर्णायक रूपमा ब्यस्त हुने गर्छिन्। उनी करिब १२ वर्षदेखि ठूलोपर्दामा देखिएकी छैनन्। सन् १९९३ मा बलिउड थ्रिलर 'बाजीगर'बाट चलचित्रमा डेब्यू गरेकी उनले बलिउडमा पाइला टेकेको २५ वर्ष बितिसकेको छ।

हालै सार्वजनिक भएको खबर अनुसार अब उनी १२ बर्ष पछि एक चलचित्रमा देखिने भएकी छिन्। भारतिय रिपोर्टसका अनुसार उनले नयाँ कमेडी चलचित्रबाट कमब्याक गर्न लागेकी हुन् । चलचित्रमा दिलजीत दोसान्झ र यामी गौतमको पनि मुख्य भूमिकम रहनेछ । उनले भर्खरै एक चलचित्र साइन् गरेको खबर बाहिरिएको छ। उनले  हाल नाम नकोकिएको चलचित्रको स्क्रिप्ट मनपरेकाले आफूले चलचित्र साइन् गरेको बताएकी छिन् । निर्देशक हारून ए मिर्जाको निर्देशनमा बन्ने चलचित्रमा शिल्पाले एक लेखिकाको भुमिकामा निर्वाह गर्नेछिन्। अगस्टको पहिलो साताबाट चलचित्रको छायाकंन शुरु हुने बताइएको छ।