रमित ढुंगानालाई लिएर ‘राजा साहेब’ चलचित्र बन्ने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अभिनेता रमित ढुंगानाको मुख्य भूमिका रहने चलचित्र ‘राजा साहेब’को औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा चलचित्रको शुभ मूहुर्त पनि गरिएको छ ।

बिचल किरातीको निर्देशनमा बन्न लागेको यस चलचित्रमा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतको मुख्य भूमिका रहने छ । यसै चलचित्रबाट दुई नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दैछन् ।

‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा बन्ने चलचित्रमा शंकर न्यैपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहेको चलचित्रमा सिसम डागी सह–निर्माताका रुपमा रहेका छन् ।

निर्देशक राईकै लेखन रहेको चलचित्रमा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । पवन गौतमले खिच्ने चलचित्रलाई समिर मियाँले सम्पादन गर्नेछन् । बुधबारबाट छायांकनमा जाने चलचित्रले आगमी तिहारलाई रिलिज टार्गेट राखेको छ ।