‘साहो’ सरेपछि सुरुकै मितिमा फर्कियो ‘हजार जुनी सम्म’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

साउथ सुपरस्टार प्रभास अभिनित बहुप्रतिक्षित चलचित्र 'साहो'को प्रदर्शन मिति सरेसँगै नेपाली चलचित्र ‘हजार जुनीसम्म’को प्रर्दशन मिति फेरी आगाडी आइपुगेको छ । सुरुमा ‘हजार जुनीसम्म’को प्रर्दशन मिति साउन ३१ लाई तोकिएको थियो । साउन ३० गते प्रभास र श्रद्दाले रोमान्स गरेको चलचित्र 'साहो' प्रर्दशनमा उत्रिने भएपछि ‘हजार जुनीसम्म’ धकेलिएर भदौ ६ गतेलाई सरेको थियो। केही कारण बस 'साहो'को प्रर्दशन मिति भदौ १३ गतेलाई सरेपछि नेपाली चलचित्र ‘हजार जुनीसम्म’ फेरी फर्केर पुरानै मितिमा आइपुगेको छ।

विकास आचार्यले निर्देशन गरेको चलचित्रमा निर्देशक र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद रहेको छ। चलचित्रमा उदयराज सोताङ्ग,राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत समावेश छ। स्वस्तिमा खड्का,आर्यन सिग्देल,प्रियंका कार्की,अनुभव रेग्मी,सलोन बस्नेत,संचिता लुइँटेल, शिवहरि पौडेललगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा कविता रेग्मी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ निर्माता हुन्। पुरुषोत्तम प्रधानको छायाँकन रहेको ‘हजार जुनीसम्म’मा अर्जुन जिसीको सम्पादन रहेको छ। भदौ १३ गते 'साहो'सँगै नेपाली चलचित्र 'कबड्डी कबड्डी कबड्डी' र 'मारुनी' एकसाथ प्रर्दशनमा आउदैछ ।