बिनिता बरालको अर्को ‘सुपरहिट’ फिल्मको टिजर बाहिरीयो (भिडियो)

...

superhit nepali film - binita baralमंसिर १७, काठमाडौं ।  नायिका बिनिता बराल अभिनित फिल्म ‘सुपरहिट’को टिजर बाहिरीएको छ । निर्माण गरीएको लामो समयपछि प्रदर्शनको तयारीमा जुटेको ‘सुपरहिट’ युनिटले फिल्मको प्रमोशनको थालनी गरेको छ । यतिखेर नायिका बिनिता बराल अध्ययनको शिलशिलामा अमेरीकामा छिन् । फिल्म सुपरहिट आउँदो माघ २२ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आउँदैछ ।

नायिका विनिता बराल, दिव्य देव, शिशिर राना, मञ्जु श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्म मुभिज इन्फिनिटी क्रियशनको ब्यानरमा तयार भएको हो । सुरेश रार्इको संगीत रहेको यो चलचित्र निरञ्जन पाण्डे र सौरभ ढकालले संयुक्त रुपमा चलचित्रको निर्देशन गरेका हुन् ।

नायिका बिनिता बरालले अभिनय गरेको फिल्म चपली हाइट चर्चामा रहेपछि बिनिता बराल पनि एकाएक चर्चामा रहेकी थिइन् । त्यसपछि केहि समय हराइकी बिनिताको अबको यो सुपरहिट फिल्म कत्तिको चर्चामा रहला भन्ने कुराको टुंगो लाग्नेदिन नजिकीदै छ ।