सञ्चारकर्मी गणेशको तीज गीत ‘चुरा’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

सञ्चारकर्मी गणेश पाण्डेले  ‘चुरा’ बोलको तीज गीत ल्याएका छन् । डकुमेन्ट्री चलचित्र निर्देशन गर्दै आएका गणेशले यस गीतमा शब्द रचना गरेकाछन् । गीतमा स्वर भने सुनिता अधिकारीको रहेको छ । यस्तै लय शिव हमालको रहेको छ ।

रचनाकार पाण्डेयले गीतमा तीजको समयमा गाउँ समाजमा हुनेगरेको यथार्थ कुरालाई चित्रण गरिएको बताए । उनी गीतमा लय र स्वर पनि उत्तिकै मिठास भएकाले दर्शक तथा स्रोतालाई मन पर्नेमा आशावादी रहेको बताउँछन् । ‘मेरो आमाको कोखबाट दिदीबहिनी नभए पनि मलाई अगाध माया गर्ने थुप्रै दिदीबहिनी पाएको छु । त्यसैले पनि तीज र तिहार मेरो लागि सँधै विशेष छन् ।’ पाण्डेयले भने ।

गीतका एरेञ्जर कृष्ण बिक हुन् । कुमार रानाको मिक्सिङ रहेको यो गीत मारुनी रेकर्डिङमा रेकर्ड गरिएको हो । गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । साइन मिडिया प्रालिले बजारमा ल्याएको यो गीत सर्जक शिव हमालको अफिसियल युट्युव मार्फत सार्वजनिक गरिएको छ ।