प्रेमको कुरै नगरौंः मेलिना राई

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अहिलेकी नेपाली गीतसंगीतकी चर्चित र निकै ब्यस्त गायिका हुन् मेलिना राई । मेलिनाले दिनमा पाँचवटा सम्म गीत रेकर्ड पनि गराउँछिन् । पछिल्लोे साताका दिनहरुमा पनि कम्तीमा दुईवटा गीत रेकर्ड भइरहेको हुन्छ । आफूले स्वर दिएका गीतहरुमा ‘लिप्सिङ’पनि दिन छायांकनस्थलमा पनि भ्याएसम्म पुग्ने गरेकी हुन्छिन् । लोकप्रियता कमाउँदै गर्दा मेलिनाको प्रेमको चर्चा पनि नेपाली संगीतको बजारमा गाईगुईँ सुनिदै आएको छ ।

पछिल्लो केहिदिन यता उनलाई अधिकांश मिडियाले सोध्ने प्रश्न उनको सम्बन्धको बिषयमा छ । अर्थात ‘तपाई कसैसँग रिलेशनमा हुनुहुन्छ ?’ मेलिनाले गएको मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लाइफ इभेन्ट सेयर गर्दै सम्बन्धमा रहेको खुलाएकी थिइन् र केहिसमयमा डिलिट पनि गरिन् । यो कुराले उनलाई अहिले हैरान भइरहेको छ ।

‘‘फेसबुकमा लाइफ इभेन्ट सेयर गर्दै सम्बन्धमा रहेको खुलाएकी थिइन् र केहिसमयमा डिलिट पनि गरिन् । यो कुराले उनलाई अहिले हैरान भइरहेको छ ।’’

गायिका मेलिनाले आफु सम्बन्धमा रहेको पोस्ट सेयर गरेको केही समय पछी गायक तथा गीतकार समिर लिम्बुले पनि लाइफ इभेन्ट सेयर गर्दै आफु सम्बन्धमा रहेको पोस्ट सेयर गरेका थिए । त्यसैले पनि अधिकांशको सोचाई के यी दुई कलाकार प्रेममा त छैनन? भन्ने छ । ताप्लेजुङ स्थाई घर भएका समिरले गरेको नेपाली हिन्दी म्यासअप यूट्युबमा निकै चर्चित छ । मेलिना र समिरले गाएको गीत ‘तिमी र म’ केही समय अगाडी सार्वजनिक भएको थियो । यसअर्थमा पनि यी दुई कलाकार एकअर्काको प्रेममा छन् कि भन्ने अनुमान गर्न सकिन्छ । तर एकैपटक आफू सम्बन्धमा रहेको खुलाएका यी दुई कलाकारको संयोग मात्र पनि हुनसक्छ ।

यो बिषयमा भने मेलिनाले खुलेर जवाफ दिन चाहान्निन् । शनिबार एक गीतको छायांकनको क्रममा गणतन्त्र स्मारिका पार्कमा भेटिएकी मेलिनालाई गरिएको प्रश्नमा आफ्नो ब्यक्तिगत कुरा गर्न नचाहेको बताइन् । साथै उपस्थित अन्य कुनैपनि मिडियालाई यो बिषयमा प्रश्न नगर्नै आग्रह गरिन् । ‘तपाईको फेसबुक स्टाटसको बिषयमा भनिदिनुस् नि, के रिलेसनसिपमा हुनुहुन्छ र ?’ यो प्रश्नमा मेलिनाले हाँस्दै भनिन् । ‘यो ब्यक्तिगत प्रश्न तिर नजाऊँ त्यो फेक थियो ।’ उनले फेक भन्दै तारिदिइन् । यस्तै छेऊमै रहेका गायक तथा संगीतकार टंक बुढाथोकीले भने मैले यो कुरालाई प्रष्ट पारिदिन्छु भन्दै केहि कुरा थपे । ‘खास मेलिना जीको फेसबुक ह्याक भएको थियो । म सँगको कुरामा मेलिनाजीले यहि भन्नुभएको थियो ।’ टंकले मेलिनाका अगाडी झुट बोलेको प्रष्ट हुन्थ्यो । किनकी यहि कुरा छेऊमै भएकी गायिका मेलिनाले भन्न सकेकी थिइन् । यहि फेसबुक ह्याक भएरै ‘आइ एम इन रिलेसनसिप’ भनेर सेयर भएको भए ढुक्क तरिकाले मेलिनाले पक्कै भन्नेथिइन् ।

गायिका मेलिनाले यी कुराको उत्तर दिन नखोज्नुमा कतै साच्चै प्रेममा छ छैनिन भन्ने अनुमान गर्न सकिन्छ । गायक समिर र मेलिना एक आपसमा प्रेममा नभएता पनि कसैसँग भने पक्कै प्रेममा छिन् भन्ने अनुमान गर्न सकिन्छ ।

तस्बिरः नविन चापागाईं /आर्टिष्ट खबर

(यो समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)