निताले चलचित्र ‘माया’ बनाउने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

केहि समय अघिदेखी नायिका निता ढुंगानाले चलचित्र बनाउने चर्चा चलिरहँदा अब भने निर्माणको पक्का भएको छ । नीता फिल्मस् को ब्यानरमा बन्ने भनिएको समुन्द्र भट्टले निर्देशन गर्ने चलचित्रको वर्किङ टाइटल ‘माया’ राखिएको छ ।

केहि साता पहिले ‘मःम हन्टिङ’ नाममा फिल्म बन्ने चर्चाका बीच नीता उक्त शिर्षकलाई थाती राख्दै नयाँ चलचित्रको स्कृप्टमा जुटेकी छिन् । ‘मःम हन्टिङ’को कास्टिङ लाइनअप पुरा हुन बाँकी रहँदा उक्त प्रोजेक्टलाई तत्कालको लागी थाती राख्दै अर्को लभस्टोरी स्कृप्टमा चलचित्र निर्माणको लागी नीता अघि बढेकी हुन् । चलचित्रको मुख्य अभिनेत्रीमा नीता नै रहँदा अर्का मुख्य अभिनेतामा कोशिश क्षेत्री रहने जानकारी गराइएको छ ।

आफ्नै कथा रहने चलचित्रको स्कृप्टलाई अन्तिम रुप दिन कोशिश व्यस्त छन् भने चलचित्रको स्कृनप्ले र संवाद लेखनमा कोशिशलाई निर्देशक भट्टले सघाउँदैछिन् । चलचित्रमा संगीत पनि कोशिशको नै रहनेछ । ‘मोक्ष’ डेब्यू हिरो कोशिशले पहिलो चलचित्रमा देखाएको अभिनय कौशलताले चौतर्फी तारिफ भेटेको थियो भने त्यसपछि ‘पर्व’मा पनि उनले लोभलाग्दो अभिनय पस्केका थिए । यो चलचित्र सिक्किम कालिङपोङ लगायतका ठाउँमा छायाँकन गरिने निर्देशक भट्टले बताइन् ।

केहि बर्ष पहिले फिल्म ‘आधा पेज’ बाट एक्सन कटमा डेब्यू गरेकी युवा निर्देशक समुन्द्र यो बीचमा क्यानडाको टोरन्टो चलचित्र स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी हुन् । पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैली चलचित्रमा उतारिनेछ । चलचित्रको छायांकन आउँदो भदौको दोस्रो साताबाट सुरु हुनेबताइएको छ ।

तस्बिर स्रोतः फेसबुक