‘भो माया लाउदिन’ टिजर रिलिज, एक्शन फोकस

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नयाँ चलचित्र ‘भो माया लाउदिन’ को टिजर सार्वजनिक गरिएको छ । साइराम पिक्चर्सको ब्यानरमा तयार भएको यो चलचित्रको ४७ सेकेन्डको सार्वजनिक टिजरमा एक्शनलाई फोकस गरिएको छ । सबै नव–कलाकारहरुलाई लिएर तयार पारिएको यो चलचित्र म्याक्टेन कालुले निर्देशन गरेका हुन् ।&nbsp;<br></p><p style="text-align: justify; ">चलचित्र आउँदो दशैंलाई लक्षित गरी प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक कालुले जानकारी दिएका छन् ।&nbsp;छिट्टै नै चलचित्रको ट्रेलर सार्वजनिक गरिने कालुले बताएका छन् । उनका अनुसार युवापुस्तालाई केन्द्रित गरी चलचित्र निर्माण गरिएको छ । चितवनमा छायांकन गरिएको ‘भो माया लाउदिन’मा ब्रिजन बिजार, प्रमिला बिसी, नवराज अधिकारी लगायतको अभिनय रहेको छ । मोफसलमा हाँस्य ब्यंग्य क्षेत्रमा उदाउँदै गरेका कलाकार नवराजले चलचित्रमा खलनायकको भूमिका निभाएका छन् ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रका निर्माता निर्देशक कालु नै हुन् । चलचित्रमा समावेश गीतमा अर्जुन पोखरेलको संगीत र अन्जु पन्तको स्वर रहेको छ ।&nbsp;</p><pre style="text-align: justify; "><b>Teaser:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/N4S-YAZ47i4" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>