‘आदर्श जोडी’ शीर्षकमा निश्चल र स्वस्तिमालाई सम्मान

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यसपालीको तीज पर्वको अवसरमा नेपाली चलचित्रक्षेत्रका रियल जोडी निर्देशक तथा नायक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्कालाई ‘आदर्श जोडी सम्मान’को शीर्षकमा सम्मान गरिने भएको छ । जावलाखेलमा आयोजना हुन लागेको ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरले सम्मान गर्न लागेको हो।

‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम तीन दिनसम्म चल्ने आयोजक संस्थाकी अध्यक्ष मिना कुमारी रिमालले बताएकी छन्। उनका अनुसार, यही साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा कार्यक्रम हुनेछ । कार्यक्रमको उद्घाटन साउन १६ गते दिउँसो साढे ३ बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नेछन् । विगत ६ वर्षदेखि ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम गर्दै आएको ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले हरेक वर्षको तिजमा विभिन्न सांस्कृति कार्यक्रमसँगै एक आर्दश जोडीलाई पनि सम्मान गर्दै आएको छ।