नेफा मिडिया ग्रुपद्दारा ‘नेपाल फिल्म अवार्ड’को घोषणा

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले नयाँ अवार्डको घोषणा गरेका छन् । ‘नेपाल फिल्म अवार्ड’ नाम दिएर आयोजना गर्न लागिएको यो अवार्ड पाँच पपुलरतर्फ र निर्णायकतर्फ चौध विधा रहने बताइएको छ । यस्तै अवार्डमा नेपाली चलचित्रप्रति समर्पित एक व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

बुधबार एक कार्यक्रमका बिच घोषणा गरिएको यो अवार्डमा चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आयोजनाको लागि सहकार्य गरेको समेत जानकारी दिइयो । २१ जना चलचित्र पत्रकारले मिलेर अवार्ड गर्न लागेका हुन्। अवार्डको लगात २ करोड अनुमान गरिएको छ । ५० लाख लगातमा सेट खडा गरिने बलामी इन्टरटेनमेन्टका समिर बलामीले बताए । कार्यक्रममा १० हजार दर्शक उपथिति गराउने तयारी आयोजकको छ ।

अवार्डको निर्णायकमा निर्माता र निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक र कलाकार अनुप बराल छन् । पपुलर विधातर्फ फिल्म, अभिनेता, अभिनेत्री, महिला गायिका र पुरुष गायिका छ । भने, निर्णयकतर्फ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री, सहायक भूमिका, सम्पादक, ध्वनि मिश्रण, पटकथाकार, छायाँकार, संगीतकार, र आदिवासी जनजाति विधामा अवार्ड प्रदान गरिने कार्यक्रममा जानकारी गराइयो । हरेक अवार्ड विजेतालाई ट्रफीसँगै ३५ तोलादेखि ५० तोलासम्म चाँदी पनि दिने आयोजकले बताएको छ। लाइफटाइम एचिभमेन्टको ट्रफीमा १ तोला सुन र १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ।