‘मिस्टर वल्र्ड’मा नेपालबाट अक्षयले प्रतिनिधित्व गर्ने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यहि अगष्ट २३ मा आयोजना हुने ‘मिस्टर वल्र्ड २०१९’मा नेपालबाट अक्षय रायमाझीले प्रतिनिधित्व गर्ने भएका छन्। ‘मिस्टर नेपाल २०१७’का बिजेता रायमाझी फिलिपिन्सको मनिलामा हुने ‘मिस्टर वल्र्ड’मा नेपाली कलासंस्कृति सहित उक्त कार्यक्रममा सहभागी हुन लागेका हुन।

मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित अक्षयको ‘मिस्टर वल्र्ड २०१९’सहभागीता बारे जानकारी गराएको हो। बिश्वका एकसय भन्दा बढी राष्ट्रका युवाहरुको सहभागिता रहने प्रतियोगितामा अक्षय नेपालका एक्लो सहभागी हुन् । नेपाली कलासंस्कृतिले भरिएको नाँच प्रस्तुत गर्दै भिजिट नेपाल २०२०को सन्देश समेत बिश्वमा प्रवाह गर्ने कार्यक्रममा अक्षयले बताए।

अक्षय ‘मिस्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने दोस्रो ब्यक्ति हुन्। यस अगाडि मिस्टर वल्ड २०१६ मा गणेश अग्रवालले सहभागीता जनाएका थिए। एक्सपोज नेपालले सन् २००१बाट नियमित आयोजना गर्दै आएको यो प्रतियोगितामा सहभागीताका लागि १६ देखि ३५ बर्ष ननाघेका युवाहरुले आवेदन दिन सक्नेछन्।