ऋतिक र दिपिका पहिलो पटक एकसाथ फिल्म खेल्दै

मुम्बई, एजेन्सी ।

बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिका पादुकोणले सँगै स्क्रिनसेयर गर्ने भएका छन । उनीहरुले हिन्दु पौराणिक कथामा अधारित चलचित्र रामायणमा एकसाथ काम गर्ने भएका हुन् । चलचित्र मेकर नितेश तिवारी र रवि रड्यावरले रामायण बनाउने तयारी गरिरहेका छ । थ्री डि मा निर्माण हुने यस चलचित्रमा ऋतिक रोशन र दीपिका पादुकोणले स्क्रिन सेयर गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । यो बिषयमा औपचारिक घोषणा भने गर्न बाँकी छ । चलचित्रमा ऋतिक भगवान राम र दीपिका सिताको भूमिकामा प्रस्तुत हुने समाचारमा उल्लेख छ ।

नितेश तिवारीले रामायणको लागि ऋतिकलाई अफर गरेका थिए । रामायणमा ऋतिक काम गर्न तयार भएका छन् । चलचित्र मधु मटेनाले निर्माण गर्ने भएका छन् । ऋतिक अभिनित चलचित्र सुपर ३० अहिले भारतसँगै नेपाली हलहरुमा पनि प्रदर्शन भइरहेको छ । साथै यो चलचित्रले बक्स अफिसमा राम्रो ब्यापार गरिरहेको छ ।