भदौ २७ मा ‘छ माया छपक्कै’ प्रर्दशनमा

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

सधैँजसो दशैंको छेको पारेर प्रर्दशन मिति तोक्ने दिपकराज गिरीको टिमले यसपाली भने आफ्नो चलचित्र ‘छ माया छपक्कै’को प्रर्दशन मिति दशैं अगाडीनै तोकेको छ। चलचित्र निर्माण टिमले भदौ २७ गतेकालागि ‘छ माया छपक्कै’को प्रदर्शन मिति घोषणा गरिसकेको छ। सिनेवृत्तमा चलेको चर्चाअनुसार असोज ३ गते प्रदर्शन मिति तोकेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टिमले ‘छ माया छपक्कै’सँग छलफल गरे ‘छ माया छपक्कै’को मिति अलिपछि धकेलिने निर्माता दिपकराज गिरीको भनाइ छ ।

‘कबड्डी कबड्डी कबड्डी’ टिमले उनीहरुसँग समन्वय गरे भदौ २७ को प्रदर्शन मिति सरेर असोज १० पुग्न सक्ने गिरीले बताएका छन्। यदि कुनैपनि वार्ता नभएको खण्डमा ‘छ माया छपक्कै’ भदौ २७ मै आउँने दिपकराजले दाबी गरेका छन्। यसअघि ‘कबड्डी कबड्डी कबड्डी’को प्रर्दशन मिति भदौ १३ गतेलाई तोकिएको थियो। चलचित्र सरेर असोज ३ मा पुगेपछि यो चलचित्र छ माया छपक्कैसँगै पुग्ने भएको छ। रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’मा दिपकराज गिरी,जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी लगायतको मुख्य भूमिका छ। चलचित्र निर्देशनमा दिपेन्द्र लामालाई दीपाश्री निरौलाले सहयोग गरेकी छिन् ।