‘ट्वान्टि फस्ट लभ’ दोस्रो सिजनकोे ट्रेलर सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> काठमाडौंः युवा पुस्तामाझ लोकप्रिय लभ स्टोरी जनरामा निर्मित वेब सिरिज ‘ट्वान्टि फस्ट लभ’को दोस्रो सिजनकोे ट्रेलर सार्वजनिक गरिएको छ। गएको शुक्रबार राजधानीमा आयोजीत कार्यक्रमका बिच सार्वजनिक गरिएको १ मिनेट ५६ सेकेन्ड लामो ट्रेलरमा प्रेम, बिछोड र धोका देखाइएको छ। पहिलो सिजनको सफलतापछि ‘ट्वान्टि फस्ट लभ’को दोस्रो सिजन निर्माण गरिएको जानकारी दिइयो ।&nbsp;<br></p><p style="text-align: justify; ">विभोर पोखरेल निर्देशित उक्त सिरिजमा संयोग गुरागाई, अनुष्का अधिकारी, स्नेहा पौडेल, रिजेन थापा, कविता आले, विक्रम तामाङ, शिव पौडेल, सुप्रिम पराजुली लगायतका कलाकारहरुको विभिन्न भूमिका निर्वाह गरेका छन् ।&nbsp; यसअघिको सिरिजमा भने ‘कार्टुन क्रिउ’का सरोज अधिकारी र आश्मा विश्वकर्माले पनि अभिनय गरेका थिए । यो वेब सिरिज आँउदो शनिबार साउन २५ गतेदेखि शुरु हुने निर्माताले जानकारी दिएका छन्। ‘ट्वान्टि फस्ट लभ’ युट्युब र नेट फ्लिक्समा सार्वजनिक हुँदैछ ।&nbsp;</p><pre style="text-align: justify; "><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/tyy3Tr7CkYM" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>