‘मिस नेपाल वल्र्ड’ अनुष्का श्रेष्ठलाई अमेरिकामा सम्मान

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गएको बिहीबार मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठलाई अमेरिकामा सम्मान गरिएको छ । उनलाई एक कार्यक्रमका बिच क्यालिफोर्नियास्थित हिमालयन फाउन्डेसन कर्पले सहयोग स्वरुप ३८ सय अमेरिकी डलर रकम प्रदान गरेको थियो । सिन्धुपाल्चोकको स्वरासिंह गाँउमा विद्यमान चेलीबेटी बेचबिखन समस्या निर्मूल पार्न र त्यँहाको विकास निर्माणमा अनुष्काले सहयोग गरिरहेकाले क्यालिफोर्नियाको बे—एरियामा रहेका नेपालीबीच आयोजित अन्तरक्रियाबाट सो रकम संकलन गरिएको हो ।

आयोजक हिमालयन फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठले मिस नेपाल अनुष्काको समाजसेवी भावनाको कदर गर्दै सम्मान गरिएको बताए।कार्यक्रममा अनुष्काले आफू स्वरासिंह गाउँमा रहेको बेरोजगारी समस्या हटाउन र त्यहाँका बालबालिकालाई पढ्ने वातावरण सिर्जना गर्न लागिपरेको बताइन्। जसलाई ठूलो रकम चाहिने भएकाले आफू अभियानमा जुटेको उनले खुलाइन् ।