मीनाको एक दिने चित्रकला प्रदर्शनी सम्पन्न

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चित्रकार मीना डंगोलले शनिबार काठमाडौंमा एक दिने बिशेष चित्रकला प्रदर्शनी सम्पन्न गरेकी छिन् । ‘हिरा बाई मीना डंगोल : 'अ ट्रिब्यूट टु हिरा लाल डंगोल’ शीर्षकको चित्रकला प्रदर्शनीमा कलाकार डंगोलले तयार पारेका विभिन्न चराचुरुङ्गीका आकर्षक चित्रकलाहरु समावेश गरिएको थियो। पाँच दशकभन्दा लामो समय चराचुरुङ्गीलाई चित्रकलाको विषय बनाउँदै कलाकारिता गरेका प्रसिद्ध कलाकार तथा पंक्षीविद् स्व. हिरालाल डंगोलको सम्झनामा उनकै चित्रकार छोरी मीना डंगोलले दरबारमार्गस्थित होटल अन्नपूर्णको ठूलो हलमा प्रदर्शनी आयोजना गरेकी थिइन् । प्रदर्शनीमा राखिएका अधिकांश चित्रकलाहरुमा कलाकार डंगोलले लाटोकोसेरो (उल्लू) का विभिन्न भाव–भंगिमाहरु प्रस्तुत गरेकी थिइन् ।

प्रदर्शनीमा लाटोकोसेरोमै आधारित आधा दर्जनभन्दा बढि चित्रकला प्रदर्शन गरियो। ती मध्ये लाटोकोसेरोका समुहहरुको एउटै तस्बिरको मूल्य ३ लाख ९० हजार तोकिएको छ । प्रदर्शनीमा ६५ हजार रुपैया देखि ३ लाख ९० हजार रुपैया सम्मका चित्रकलाहरु राखिएका थिए । प्रदर्शनीमा राखिएका चित्रकलाहरुमा कलाकार डंगोलले काकाकुल, कालिज, सेतो बकुला, ठूलो डुन्डुल, लाटोको सेरो, हिम उल्लू, डााफे, रानी चरी, मयूर, चरी, हाप्सिलो, सुवर्ण महाचिल, सेतो बकुलो, लाम पुच्छ«े आदि चराचुरुङ्गीलाई चित्रकलामा समावेश गरेकी थिइन् ।काठमाडौं लेडिज जेसिसले आयोजना गरेको उक्त प्रदर्शनीको उद्घाटन पर्यटन व्यवसायी तथा द्वारिका होटल्स एण्ड रिसोर्टका अध्यक्ष श्रीमती अम्बिका श्रेष्ठले गरेकी हुन् । प्रदर्शनीमा प्रदर्शन गरिएका चित्रकलाहरुको अवलोकनपति पर्यटन व्यवसायी श्रेष्ठले स्व.हिरालाल डंगोलको गुण उनकी चित्रकार छोरी मीना डंगोलमा सरेको बताउादै प्रदर्शित चित्रकलाले प्रकृतिको नजिक पु¥याएको धारणा व्यक्त गरिन् ।

केही वर्षअघि बुवा स्व.हिरालाल डंगोलसंगै आफ्ना चित्रकलाहरुलाई ‘बर्ड्स अफ नेपाल’ शीर्षकको सामुहिक चित्रकला प्रदर्शनीमार्फत प्रस्तुत गरिसकेकी चित्रकार मीना डंगोलले शनिवार पहिलो पटक एकल चित्रकला प्रदर्शनीमा सहभागिता जनाएकी हुन् । आजको प्रदर्शनीको एउटा अंश जेसिआई काठमाडौंमार्फत ‘छोरीलाई पनि शिक्षा’ शिर्षकको सामाजिक तथा शैक्षिक कार्यका लागि प्रदान गरिने प्रदर्शनीकी आयोजक तथा कलाकार मीना डंगोलकी छोरी लसना सिंह महर्जनले बताएकी छिन् ।