‘द भ्वाईस अफ नेपाल–सिजन २’ साउन ३१ गतेबाट प्रसारण हुँने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल–सिजन २’ आउँदो साउन ३१ गतेबाट हिमालय टेलिभिजनबाट प्रसारण हुँने भएको छ । हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म  कार्यक्रम प्रसारण हुने टेलिभिजनले घोषणा गरेको छ । सिजन २ को छायाँकन सुरु हुनु अघि आयोजक पक्षले काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरेर यस पटक दुई जना कोच परिवर्तन भएको जानकारी गराएका थिए। पत्रकार भेटघाट कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर गर्दै दुई जना कोच परिवर्तन गरिएको जानकारी दिईएको थियो ।

अर्थात 'भ्वाईस अफ नेपाल'को पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोश्रो सिजनबाट हटाईएका छन् । अब उनीहरुको ठाउँमा  पप गायक राजु लामा र गायिका आस्था राउतलाई अनुबन्धित गरिएको छ । बाँकी दुई निर्णायक बरिष्ट गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल भने दोश्रो सिजनमा पनि रहेका छन्। करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनकालागि कोचहरुसामु आफ्नो आवाज दिएका छन् । उनीहरु करीब २२ हजार आवेदकमध्य छानिएका हुन् ।