‘हजार जुनीसम्म’बाट दर्शकले इन्जोय गर्नेछन्ः निर्देशक बिकाश राज

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

‘हजार जुनीसम्म’ चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।  युट्युबमा ट्रेलर आएको १० दिनको अन्तरालमा यसलाई १० लाख बढीले हेरिसकेका छन् । चलचित्र चर्चित सिरिज ’नाई नभन्नु ल’ विकाश राज आचार्यले निर्देशन गरेका हुन् । लेखक हुँदै निर्देशनमा आएका विकाशले केहि वर्ष यता नाइँ नभन्नु ल सिरिजलाई नै अगाडी बढाई रहेका छन् । तर , यतिबेला उनले आफ्नो व्यानरबाट पर हटेर ’हजार जुनीसम्म’ निर्देशन गरेका छन् । टिम उस्तै भएपनि मर्म भने केहि फरक छ । यसपटक कथ्य शैली नै भिन्न रहेको विकाश बताउछन् ।

उनीसँग गरिएका चलचित्र बिशेष कुराकानीः

हजार जुनीसम्म नै किन ?

नाई भन्नु ल नै सफल भईरहदा विकाशले अरु काम गर्दैन भन्ने चर्चा पनि हुन्थ्यो । मलाइ पनि बाहिरको व्यानरमा काम गर्न मन न लाग्ने होइन , तर टिम मिल्नु पर्छ । म तयार थिए र टिम बन्यो त्यसपछि हामीले हजार जुनीसम्मलाई तयार गर्यौ । कथाको डिमाण्ड अनुसार नै कलाकारलाई चयन गर्यौ । नाई नभन्नु ल सिरिज केहि सेन्टिमेन्टल पनि छ , यसलाई भने रमाइलो फ्यामिली ड्रामा बनाउ भनेर पनि यो तयार गरेका हौ । प्रेम उहिँ हो , पारिवारिक ड्रामा नै हो तर पनि प्रस्तुतीकरण र कथ्य शैली भने फरक छ ।

के यो नाइँ नभन्नु ल ६ हो ? भन्ने चर्चा पनि चलिराछ नि ?

नाई नभन्नु ल भन्ने वितिकै एउटा सेन्टिमेन्टल सिरिज नै दर्शकको अपेक्षा हुन्छ । एउटा छुटै छाप परिसकेको छ त्यसको । तर , यो रमाइलो पारिवारिक फिल्म हो । नाई नभन्नु ल सिरिज रुचाउने दर्शकलाई यो त मन पर्छ नै साथै एउटा कलरफुल फिल्म रुचाउने दर्शकले पनि यसमा इन्जोय गर्नु हुन्छ । मेरो प्याटर्न त छ नै तर यसपटक केहि नयाँ पनि छ ।

नाई नभन्नु ल कै अधिकांस कलाकार छन् नि ?

हो । किनकी एक पटक टिम वर्क भएको कलाकारसँग काम गर्न निकै सजिलो हुन्छ । अनि नयाँ सदस्यको रुपमा सलोन बस्नेत र डेब्यु ब्वाई अखिलेश प्रधान हुनुहुन्छ । म प्राय काम गर्दा मलाइ बुझोस् भन्ने लाग्छ , एक पटक काम गरिसकेकाले बुझिसकेका हुन्छन । साथै , हाम्रो व्यानरबाट नयाँ प्रतिभाले मौका पाओस भनेर नै हामी नयाँ अनुहारको खोजिमा हुन्छौ । तर , हजार जुनीसम्म फिल्म हेर्नु भयो भने तपाईले बुझ्नु हुन्छ । हामीले चयन गरेको कलाकार र उनीहरुले निर्वाह गरेको भूमिकाको विकल्प नै छैन । नाई नभन्नु ल सिरिजकै अधिकांस कलाकार किन भन्ने प्रश्नको जवाफ फिल्मले नै दिन्छ ।

सिरिजबाट बाहिर आउँदाको अनुभव ?

नाई भन्नु ल पनि सिरिज हो सिक्वेल होइन । त्यसैले त्यहाँ पनि कथा विभिन्न तरिकाले प्रस्तुत गरेका थियौ । यस पटक पनि त्यहि हो । हामीले केवल प्याटर्न फरक गरेका हौ । त्यसैले त्यस्तो फरक हुँदैन , मलाइ । तर , म आतुर छु कि दर्शकले कस्तो प्रतिक्रिया दिनु हुन्छ । फिल्म मन छुने बनाएको छु । यसमा हासो , रोदन , माया , पारिवारिक दायित्व सबै मिश्रित छ । साउन ३० मा लाग्दैछ , त्यसैले आतुर छु ।

चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेस प्रधान, संचिता लुइँटेल र अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । चलचित्र प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । फिल्ममा आर्यनसंगै स्वस्तिमा खड्का , संचिता लुइँटेल , शिवहरि पौडेल , सलोन बस्नेत , अनुभव रेग्मीसंगै अखिलेस प्रधानको अभिनय रहेको छ । फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन् । चलचित्र आउँदो साउन ३० मा प्रदर्शन हुँदैछ ।