कन्टोभर्सी क्विन राखी सावन्तले गरिन् फ्यानसँग गुपचुप बिहे

मुम्बई, एजेन्सी ।

बलिउडकी ‘कन्टोभर्सी क्विन’को रुपमा परिचित राखी सावन्तले गुपचुप विहे गरेको स्विकारेकी छिन् । शुरुमा उनले बिहे गरेको अस्वीकार गरे पनि अन्ततः उनले आफूले गुपचुप बिहे गरेको स्विकारेकी हुन् । हालै उनले एउटा अन्तर्वार्तामा आफूले विवाह गरेको खुलासा गरेकी हुन् ।

उनले भनिन्, ‘म निकै डराएकी थिएँ, हो मैले विवाह गरेकी हुँ ।’ उनले थप्दै भनिन्, ‘मेरो श्रीमानको नाम रितेश हो । उहाँ एनआरआई हो र बेलायतमा बस्नु हुन्छ । उहाँ अहिले बेलायत फर्किसक्नु भयो । मेरो भिसाको प्रक्रिया चलिरहेको छ । म पनि छिटै उहाँसँग बेलायत जानेछु ।’

साथै राखीले यति राम्रो पति पाएकोमा जिजस क्राइस्टलाई धन्यवाद समेत दिएकी छिन्। राखीले बताए अनुसार उनको पति रितेश उनको फ्यान थिए । रितेशले उनलाई ह्वाट्सएपमा म्यासेज गर्दथे। करिब डेढ साल डेट गरेपछि रितेशले राखीसामु प्रेम प्रस्ताव राखेका थिए। राखीले रितेशलाई पहिलो पटक बिहेको १५ दिनअघि मात्र भेटेको दाबी गरेकी छन्।