रेवती, रेविका र कुशुमलगायतको भूमिकामा ‘म’ बन्ने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘म’ को औपचारिक निर्माण घोषणा गरिएको छ। कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा ‘म’को निर्माण हुने भएको हो । यस चलचित्रमा परिक्षेद सेनको निर्देशन रहनेछ। भदौ पहिलो साताबाट सुरु हुने बताइएको यस चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका छन् ।

चलचित्रमा सरिता लामिछाने, अनिल कँडेल, विजय लामा, सन्जोग रसाइली, रेवती क्षेत्री, कुसुम गुरुङ, रेविका गुरुङको मुख्य भूमिका रहनेछ। पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको सहायक भूमिका रहनेछ। बाल–कलाकारको भूमिकामा उनव श्रेष्ठ र सम्पन्न ढकालले अभिनय गर्दैछन्। यस चलचित्रका  निर्देशकदेखि सबै कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमै अध्यन गरेका हुन्। सीइओ प्रकाश पुरीले कार्यक्रममा विद्यार्थीेहरुसँगै मिलेर चलचित्र बनाउँन लागेको बताएका थिए।

कान्तिपुर फिल्म एकेडेमीले निकै लामो समयदेखि चलचित्र सम्बन्धि अध्ययन अध्यापन गराउँदै आएको छ। चलचित्रले समाज भित्रकै कथालाई समेट्ने निर्देशक परिच्छेद सेनले बताएका छन् । चलचित्रको मुख्य सहायक निर्देशकमा आकाश उखेडा रहेका छन् । एउटा मात्र गीत रहनेछ बताइएको यस चलचित्रमा तेन्जिन पाल्देनको छायांकन रहनेछ। गीत जेतेन लेप्चाले  तयार पारेका हुन् ।