‘मिसेस नेपाल इन्टरनेसनल’को पहिलो अडिसन सम्पन्न

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यसबर्ष पनि मिसेस नेपाल इन्टरनेसनल २०१९ आयोजना हुने भएको छ। यसका साथै यो प्रतियोगीताको पहिलो अडिसन समेत सकिएको छ । रिवन इन्टरटेनमेन्ट प्रालीले आयोजना गर्दै आएको यो प्रतियोगीता यसबर्ष रमाईलो एचडीसँग सहकार्य भएको छ । पाँचौ संस्करण लैगिंक असमानताविरुद्धको अभियान भन्ने नाराका साथ हुने पेजेन्ट निर्देशक निशु कान्त झाले जानकारी गराए । आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि गत साता पहिलो चरणको अडिसन सम्पन्न भएको छ भने दोस्रो अडिसन आगामी शनिबार नयाँवानेश्वरस्थित अर्याल होटलमा हुने जानकारी उनले गराए ।

गत साता प्रतियोगितामा सामेल हुन चाहने महिलाहरुको अभिनेत्री तथा फिल्म निर्मात्री करिश्मा मानन्धर, अभिनेता आर्यन सिग्देल, अभिनेता तथा रंगकर्मी विरेन्द्र हमाल, फिल्म निर्माता सुवास गिरी, मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, रंगकर्मी अनुप के. बराल र कोरियोग्राफर अश्विनी झाले अडिसन लिएका थिए भने आगामी शनिबार अभिनेता राजेश हमाल, पूर्व प्रधान सेनापती रुक्मांगत कटुवाल, मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, रंगकर्मी अनुप के. बराल,  कोरियोग्राफर अश्विनी झा र गायक आभाष लाभले अडिसन लिनेछन् ।

अटायर पाटनर आईआईएफटी नेपाल र मेकअप पाटनर फेसियल हाउसको प्रतियोगिताका लागि २ चरणका अडिसनबाट छानिएका महिलाहरुलाई विभिन्न विषयका विज्ञहरुबाट करिव ६ हप्ताको तालिमप्रदान गरिने झाले बताए । प्रतियोगिताका सहभागीहरुलाई पूर्व प्रधान सेनापती रुक्मांगद कटुवाल, अनुप के बराल, बिरेन्द्र हमाल, सुस्मा महरा, पुर्ण लामा, संचिता लुईटेल, बिकास थपलिया, कृष्ण ढुङ्गाना, सरोज प्याकुरेल, धिरेन्द्र पे्रमर्षी लगायतले यीविषयको ज्ञान दिनेछन् । प्रतियोगिताको प्रमुख बिजेताले अन्तराष्ट्रिय प्रतियोगिताका नेपालका तर्पmबाट सहभागी हुने अवसरका साथ स्कुटर तथा विभिन्न अवसरहरु प्राप्त गर्नेछिन् । भने पहिलो, दोश्रो र तेश्रो विजेताले विभिन्न अवसरका साथै अन्तराष्ट्रिय पेजेन्टमा भागलिने अवसर समेत पाउने छन् ।