‘मिष्टर वल्र्ड’मा सहभागी हुन लागेका अक्षयलाई मन्त्री योगश भट्टराईको बधाई

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’मा सहभागी हुन लागेका अक्षय रायमाझीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगश भट्टराईले बधाई तथा शुभकामना दिएका छन् । आइतबार मन्त्रालयमा भेट गर्दै मन्त्री भट्टराइले ‘मिस्टर वल्र्ड’ नेपाल चिनाउने एउटा महत्वपुर्ण प्लेटर्फम भएको बताए । उनले उक्त मन्चबाट भिजिट नेपाल २०२०को सन्देश समेत प्रवाह गर्दै नेपालक भ्रमणको निम्तो समेत दिन अक्षयलाई आग्रह गरे । ‘नेपालका सबै युवाहरुको प्रतिनिधित्व गरेर तपाई ‘मिस्टर वल्र्ड’मा जादै हुनुहन्छ’ मन्त्री भट्टराइले भने ‘फर्कर आएपछि तपाइलाई अभिनन्दन समेत गरौला । महत्वपुर्ण कार्यक्रममा जादै हुन्छ । भिजिट नेपाल २०२०का लागि सबैलाई निम्तो गर्नु होला ।

रायमाझीले मिस्टर नेपाल आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापा लगायत एक टोलीका साथमा मन्त्री भट्टराइलाई भेटमा मन्त्रालय पुगेका थिए । भेटमा अक्षयले मन्त्री भट्टराइलाई आफुले नेपालबाट लैजान लागेको भोषभुषा, कलासंस्कृतिको साथमा तयारीको समेत जानकारी गराएको एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् । बिश्वका एकसय भन्दा बढी राष्ट्रका युवाहरुको सहभागिता रहने प्रतियोगितामा शिर्ष उपाधि नेपाल भित्र्याउनु आफ्नो प्रमुख लक्ष्य हुने अक्षयले बताए ।