कलाकार संघमा क-कसको उम्मेदवारी ? (नामावली सहित)

...
nepali artists

फाइल तस्बीर

मंसिर २१, काठमाण्डौँ । यहि मंसिर २६ गते नेपाल चलचित्र कलाकार संघको १४ औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गर्दैछ । नेपाल पुलीस क्लबमा हुने साधारण सभाको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्ने तयारी छ ।

कडा प्रतिस्पर्धाका साथ नयाँ कार्यसमिति चयन हुने देखिएको छ । २१ सदस्य रहने कार्यसमिती निर्वाचनमा ५ सय ७० कलाकारले मतदान गर्ने छन् । उम्मेदवारीहरुको नामावली यस प्रकार रहेको छ ।

अध्यक्षः राम केशर बोगटी, विशाल विष्ट र लय संग्रौला
उपाध्यक्षः सानु ताम्राकार, मनोज केसी, रेजीना उप्रेती, जेनी कुवँर
महासचिवः सरिता लामिछाने र कृष्ण ढुंगाना
सचिवः सञ्जय खतिवडा र चेतबहादुर सिंह
सहकोषाध्यक्षः नन्दिता केसी
सदस्यः गजित बिष्ट, अशिष्मा नकर्मी, सविन श्रेष्ठ, जीवन थापा, दिव्यश्वर गौतम, सोमबहादुर तामाङ, सुनिल कटवाल, शिवहरी पौड्याल, वी एम स्याङतेन, शिवहरी नेपाल, धनबहादुर बमजन, शारदा नेपाल, रामेश्वर वुर्लाकोटी, विष्णुप्रसाद सापकोटा, जीतेन तामाङ, रश्मी भट्ट, कविता गेलाल शर्मा, पनाह अधिकारी, देविराम पराजुली