नेपालमा पहिलो पटक ‘फेसन एण्ड मोडल अवार्ड’ आयोजना हुदैँ

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ आयोजना हुने भएको छ । आज अर्थात साउन २३ गते बिहिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा प्याजेन्ट नेपाल ईन्टरनेशनलले नेपालमा पहिलो पटक ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ आयोजना गर्दैछ। यस विशेष समारोहमा उक्त अवार्ड प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। आयोजक संस्थाका प्रवन्ध निर्देशक  मिथुन थापाका अनुसार नेपाली फेसन तथा मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई पुरस्कृत गरिने उक्त समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। समारोहलाई भव्य रुपमा सम्पन्न गर्नका लागि अधिकांश तयारी पुरा भएको प्रवन्ध निर्देश्ँक थापाको भनाइ छ। उनी भन्छन्—‘नेपालमा कला, साहित्य तथा मनोरञ्जन क्षेत्रका अधिकांश विधामा अवार्ड समारोह आयोजना हुने भए पनि फेसन तथा मोडलिङ क्षेत्रकोमा अवार्ड वितरण नहुने भएकाले मोडलिङ तथा फेसन क्षेत्रको रौनक बढाउन यो समारोह आयोजना गर्न लागिएको हो।’ निर्देश्ँक थापाका अनुसार फेसन तथा मोडलिङ क्षेत्रकोमा सक्रिय हरेकलाई यहि क्षेत्रमै केही गर्छु भनेर लागि पर्न तथा उनीहरुको भविष्य सुनिश्च्ति गर्नका लागि समेत यो समारोह आयोजना गरिएको हो ।

बिहिबार दिउँसो ४ बजेपछि रेड कार्पेटसहित सम्पन्न हुने अवार्ड वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अनुहारहरु करिश्मा मानन्धर, रमेश उप्रेती, अञ्जु पन्त, आनन्द कार्की, धीरज राई आदिको समेत सहभागिता रहने छ । कार्यक्रममा उषा खड्गीसहितका पूर्व मिस नेपालहरुले पनि सहभागिता जनाउने छन् । फेसन एण्ड मोडल अवार्ड वितरण समारोहमा रमाइलो सांस्कृतिक प्रस्तुतीहरु स्मेत रहने छन्। समारोहमा उत्कृष्ट कोरियोग्रँफर, उत्कृष्ट फेसन डिजाइनर, उत्कृष्ट फेसन कोरियोग्रँफर, उत्कृष्ट मेकअप आर्टिष्ट, उत्कृष्ट हेयर डिजाइनर, उत्कृष्ट फेसन पत्रकार, उत्कृष्ट अन्तर्राष्ट्रिय नेपाली मोढडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम निर्देश्ँक, उत्कृष्ट कार्यक्रम प्रवन्धक, उत्कृष्ट महिला तथा पुरुष मोडल, उत्कृष्ट ग्ल्यामर फोटोग्रँफर आदि विधामा अवार्ड प्रदान गरिने छ।