फ्राइडे रिलिजः ‘साइनो’,‘काँचुली’ र ‘रे’ एकसाथ प्रर्दशनमा, कुन हेर्ने?

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

भूवनलाई साइनोको आश आज शुक्रबारबाट नेपालको प्रथम नायिका भूवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’ ८० बढी हलमा प्रदर्शनमा आएको छ । थुप्रै चलचित्रमा अभिनय गरेकी भूवनले चलचित्र निर्माणमा पहिलो पटक हात हालेकी हुन् । चलचित्रले चलचित्र सेन्सर बोर्डबाट पिजी प्रमाणपत्र पाएको छ । अर्थात यो चलचित्र हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथ लिनुपर्ने छ ।

रमेश थापाले निर्देशन गरेको यो चलचित्र मौलिक, सामाजिक कथावस्तुमा बनेको छ । चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र साइनोमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ।  निर्मात्री भूवनले चलचित्र निर्माणको क्रममा आफूले धेरै झमेला झेल्नुपरेको खुलाएकी थिइन् । केहि समय अगाडी आयोजीत पत्रकार सम्मेलनमा उनले चलचित्रमा अभिनय गरेजस्तो चलचित्र निर्माण गर्दा नहुने बताइन् । ‘चलचित्र हलसम्म आउने बेला सम्म धेरै राजनिति हुँदा रहेछ । निर्मात्री हुँदा धेरै बुझ्ने मौका पाएकी छु ।’ भूवनले भनेकी थिइन् । ‘चलचित्र हेर्न लायक बनाएका छौं, दर्शकलाई पक्कै मन पर्नेछ ।’शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चलचित्र साइनो ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।

यस्तै आजैबाट अर्को नेपाली चलचित्र ‘रे’ पनि प्रदर्शनमा आएको छ । नव कलाकारहरुको बाहुल्यता देखिने यो चलचित्रमा खलनायकमा सुनिल थापा रहेका छन् । नायक दिवस धिताल र नायिका सुजाता थापाको चलचित्रमा मुख्य भूमिका रहेको छ । एक्सन प्रधानसँगै सामाजिक प्रेम कथामा आधारित यस चलचित्र दिनेश पौडेलले निर्देशन गरेका हुन् । राजेन्द्र त्रिपाठीले निर्माण गरेको चलचित्रमा किशोर खतिवडाको विशेष भूमिका रहेको छ । चलचित्रमा सुनिल थापा, दिवस धिताल, सुजाता थापाको अलवा क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशी र  पूर्णिमा लामा लगायतको रहेको अभिनय छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको चलचित्रमा कुमार श्रेष्ठको द्धन्द्ध, ओम सुनारको संगीत, महेन्द्र थापाको छायाकंन र रमेश बिशुँखेको सम्पादन रहेको छ ।

यस्तै अर्को चलचित्र ‘काँचुली’ पनि आजैबाट प्रदर्शनमा आएको छ । बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राईको प्रस्तुती र शंकर अधिकारी ‘घायल’को लेखन र निर्देशन रहेको चलचित्र ‘काँचुली’मा नायिका शुभेच्छा थापा र राजन महर्जनको मुख्य भूमिका रहेको छ । यी दुई ‘रे’ र ‘काँचुली’को प्रचारप्रसार कम देखिन्छ ।