लिम्बू भाषाको ‘थेत्लङ’ ट्रेलर सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

लम्बु भाषामा बनेको चलचित्र ‘थेत्लङ’को ट्रेलर सार्वजनिक गरिएको छ। ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित यो चलचित्रको मंगलबार किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा एक कार्यक्रमका बिच सार्वजनिक गरियो । लिम्बू भाषामा निर्मित चलचित्रको नेपाली अर्थ ‘पैचो’ हुन्छ। सिक्किमको क्याम्पसस्तरमा पढाई हुने थेत्लङ उपन्यासलाई चलचित्रमा ढालिएको हो । उपन्यासका लेखक देउमान होन्दाक लिम्बू हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा चुम्लुङका सचिव यासेली योङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङ, चलचित्रका निर्देशक किशोर सुब्बा र निर्माता मनि ताम्लिङको उपस्थिति रहेको थियो ।

चलचित्रका निर्देशक किशोर सुब्बा हुन् । प्रेम कथामा आधारीत यो चलचित्रमा मुख्य भूमिका विशाल सेनेहाङको रहेको छ । चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार मनि ताम्लिङले चलचित्रको नामको सन्दर्भमा उपन्यासमा लेखिएकै लेखेको बताए । आफुलाई लिम्बू चलचित्र बनाउने सपना रहेको र उक्त सपना पूरा भएको बताए । यस चलचित्रका संगीतकार कुल्वा सुब्बा, पविन आङ्देम्बे हुन् । त्यसैगरी मनु नेम्बाङ, विष्णु चेम्जोङ, सीता सिंगक, मनि ताम्लिङ, यादन सेर्मा, गंगा फियाक, एमएस लिम्बू, रामदुःखी आङ्देम्बेले स्वर दिएका छन् । देउमान लिम्बू होन्दोक, दिलसिंह मेन्याङ्बो, सागर केरुङ, यादन सेर्माको स्वर रहेका यस चलचित्रका अर्का निर्माता विराज लिम्बू हुन् । विशाल सेनेहाङका साथमा अन्य कलाकारहरु दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बू, शान्ति लिम्बू, मुनाहाङ लिम्बू, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बू, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङले अभिनय गरेका छन् ।