‘साइनो’ हेरिपछि दिपाश्रीले गरिन् भुवनलाई सेल्युट

...
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

आज (शुक्रबार) बाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘साइनो’को बिहान आयोजना गरिएको प्रेस शो सम्पन्न भएको छ । केहि चलचित्रकर्मि तथा दर्शकका बिच बसेर चलचित्र युनिटले चलचित्रको प्रतिक्रिया बुझेका थिए । चलचित्र हेर्न उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल पनि कुमारी हल पुगेका थिए । यो चलचित्र नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेकी हुन् ।

चलचित्र हेरिसकेपछि अधिकांशले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । साथै चलचित्र हेर्न पुगेकी कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि चलचित्रको बिषयमा खुलेरै बोलिन् । बेलाबेलामा चलचित्रको बिषयमा बोल्दा विवादमा पर्ने दीपाश्रीले आफूलाई ‘साइनो’ मन परेको प्रतिक्रिया दिइन् । अभिनेत्री भुवनको पाँच दशकको चलचित्र अभिनय यात्रा पछि निर्माणमा आएको र यसलाई निरन्तरता दिन आग्रह गरिन् । ‘भुवन दिदीले ५३ बर्ष यहि चलचित्र क्षेत्रमै बिताउनु भयो । आज निर्माणमा आउनुभएको छ । भोलीको दिनमा पनि यो निरन्तरता होस् भन्न चाहान्छु । चलचित्र हेरुन्जेल मज्जा आउँछ । मलाई त मन पर्यो ।’ दीपाले भनिन् । ‘साथै चलचित्रका कलाकारहरुको काम पनि उत्कृष्ट छ ।’

यस्तै पाँचदशक पछि बल्ल चलचित्र निर्माणमा हात हाल्नुभएको भुवन चन्दलाई के भन्न चाहानुहुन्छ भन्ने सञ्चारकर्मिको पश्नमा दिपा भन्छिन् ‘दिदीलाई सेल्युट गर्न चाहान्छ् ।’ दीपाले सेल्युट गरेरै सम्मान गरेकी थिइन् । 

चलचित्रमा नायिका नीता ढुंगाना, मिरुना मगर, नायक राज कुमार र कलाकार राजाराजेन्द्र पोखरेलको मुख्य भूमिका रहेको छ । साथै भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री, बसुकला मैनाली लगायतका कलाकारहरुको अभिनय छ। चलचित्र रमेश थापाले निर्देशन गरेका हुन् । ‘साइनो’ आजबाट देशभरका ८० मा एकसाथ प्रदर्शनमा आएको छ ।