आयुष केसीले गाए ‘हजार जुनीसम्म’को शिर्ष गीत (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

रियालिटी शो सारेगमपमा चौथो भएका आयुष केसीले चलचित्र ‘हजार जुनीसम्म’मा भारतीय स्वर दिएका छन् । उनले उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’का लागी आफ्नो स्वर दिएका छन् । चलचित्रमा यसलाई रि–एरेञ्ज गरिएको छ। गीतलाई उदयले नै तयार पारेका हुन् । केहि दिन अगाडी आयुषले उदयकै उपस्थितिमा गीत रेकर्ड गराएका थिए । धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफुलाई खुसि बनाएको बताए । चलचित्रमा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीत सार्वजनिक गरेको छ । गीतमा पवन चाम्लिङ्ग ‘किरण’ को शब्द र योगेन्द्र घातानीको संगीत रहेको छ ।

उदयको स्वरमा चलचित्रमा गीत गाउँदै गरेको आर्यन सिग्देल देखिनेछन् भने आयुषको स्वरमा उनले चाइल्ड स्टार अनुभव रेग्मी । उदयले स्टुडियोमा रेकर्डिङको क्रममा आयुषलाई केहि सिकाएका थिए । यहि साउन ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का,  संचिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको चलचित्रको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।

Song: