म्युजीक भिडियोमा ‘राते काइला’को अभिनय

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रमा स्थापित ‘राते काईला’को उपनामबाट चर्चित अभिनेता सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन्। चलचित्रमा खलनायकको भूमिकाबाट खुबै रुचाइएको सुनिल म्युजीक भिडियोमा पनि खलनायककै भूमिकामा देखिएका छन्। भिडियोको सार्वजनिक तस्वीर तथा टिजरमा उनलाई ‘बोस’ को रुपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ। संम्भवतः उनि पहिलो पटक हिपहप गीतमा देखिएका हुन्। ‘झ्याम पुतली’ बिलको हिपहप गीतमा साइक्लोनिक अर्थात बिधान रेशमी मगर र नेपालको फास्ट र्यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात सुरज बिक्रम थापाले तयार पारेका हुन्। यी दुइ समेत भिडियोमा फिचर्ड छन्।

यसको अडियो क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियो बेस्मेन्ट स्टुडियोले भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ। भिडियोको सार्वजनिक टिजरले नै यसलाई अन्तर्राष्ट्रिय लेभलको बनाउने प्रयाश गरिएको अनुमान लगाउन सकिन्छ। ‘नेपाली हिपहपको सिनारियोमा यो केहि फरक रहेको र यसको भिडियो पनि विना सम्झौता तयार गरिएको बिधानले बताए। सुनिल पनि आफ्नो व्यक्तित्व अनुसार नै भिडियोमा प्रस्तुत भएको बताए। ‘हिपहप रुचाउने मात्र होइन गीतसंगीत प्रेमीको मन छुने गरि अडियो र आँखालाई शितलता दिने भिडियो तयार पारेका छौ’ बिधान विश्वस्त सुनिए। गीतको सानो झलक अर्थात टिजर पनि सार्वजनिक गरिएको छ।